काठमाडौं,
मंसिर १० -
संविधानसभामा प्रत्यक्ष सिटमा विजयी भएका २ सय ३९ जनामध्ये ४५ वर्षमुनिका
युवाको संख्या ४४ जना पुगेको छ । चुनाव जित्नेमा सबभन्दा कान्छा सभासद
एमालेका ताराकान्त चौधरी भएका छन् । २९ वर्षीय चौधरीले सप्तरी-४ मा
कांग्रेसका दिनेशकुमार यादवलाई पराजित गरी सभासद भएका हुन् ।
सबभन्दा बढी उमेर पुगेका बृद्ध सभासदमा भने कांग्रेसका सभापति सुशील
कोइराला, मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे छन् । कोइराला
७४ र विजुक्छे ७३ बर्षका छन । युवा महिला दुइ जनामात्रै छन । अधिकांश ५०
देखि ६० उमेरकाका प्रतिनिधित्व रहेको छ ।
४० वर्षमुनिका युवाको प्रतिनिधित्व कांग्रेसबाट ४ जना, एमालेबाट पाँच जना,
एमाओवादीबाट चार जना छन । त्यस्तै मधेशवादी दलबाट तीन जना आएका छन ।
कांग्रेसका ३७ वर्षीय गगन थापा काठमाडौ-४ बाट विजयी भएका छन । उनले
एमालेका निर्मल कुईकेललाई पराजित गरी विजयी भएका हुन । त्यही क्षेत्रमा
एमाओवादीका युवा नेता नन्दवहादुर पुन तेस्रो स्थानमा आएका थिए ।
त्यस्तै रौतहट-५ बाट ३३ वर्षीय सुनिल कुमार यादवले एमालेका वासुदेवप्रसाद
रायलाई, सिराह-६ बाट गणेशकुमार मण्डल (३५) ले एमाओवादीका अमरनाथ यादवलाई,
काभ्रे-१ बाट तिर्थवहादुर लामा (४०) ले माओवादीका सुर्यमान तामाङ दोङलाई
पराजित गरी संविधानसभामा पुगेका हुन । एमालेबाट धनबहादुर घले (३९) ले
धादिङ-१ मा कांग्रेसका तिलकप्रसाद रुवालीलाई, डोल्पा-१ बाट धनवहादुर बुढा
(३९)ले एमाओवादीका सत्य पाहडिलाई, बैतडी-१ बाट दामोदर भण्डारीले
कांग्रेसका लोकराज अवस्थीलाई पराजित गरी आएका छन । एमालेबाट नै उदयपुर-२
बाट मंजुकुमारी चौधरी (३९)ले कांग्रेसका प्रमिला राईलाई जम्मा २३ मतको
अन्तरमा पराजित गरी संविधानसभामा आएकी छिन ।
एमाओवादीबाट गणेशमान पुन (४०) ले रुकुम-१ मा कांग्रेसका कृष्णवहादुर
रोकायलाई, ओनसरी घर्ती (३१) रोल्पा-१ मा एमालेका कुमार दशौदीलाई, गौरीशंकर
चौधरी (३२) ले कैलाली-४ मा कांग्रेसका खेमराज डगौरा थारुलाई, शिवकुमार
मण्डल (३८) ले मोरङ-४ मा कांग्रेसका गयानन्द मण्डल गनगाईलाई पराजित गरी
संविधानसभाको बाटो तय गरेका हुन ।
मधेशवादी दलमा सदभावना पार्टीका संजयकुमार शाह (३७) ले धनुषा-४ बाट
कांग्रेसका रामसरोज यादवलाई पराजित गरी संविधानसभामा आईपुगेका छन । मधेशी
जनअधिकार फोरम नेपालका अभिशेष प्रताप शाह -३१) ले कपिलबस्तु-५ मा तराई
मधेश लोकतान्त्रिक पार्टीका मंगलप्रसाद गुप्तालाई हराएर आएका छन भने फोरम
लोकतान्त्रिकका जनक चौधरी (३६) ले कैलाली-१ मा कांग्रेसका रणवहादुर
रावललाई पराजित गरी संविधानसभामा आएका छन ।
त्यस्तै ४५ देखि ४१ बर्ष उमेरका २८ जना निर्वाचित भएका छन । जस अनुसार
कांग्रेसबाट दीपक खड्काले संखुवासभा-२, रामहरि खतिवडा ओखलढुंगा-२,
रामचन्द्र यादव सिराह-४, अमरेशकुमार सिंह सर्लाही ६, बहादुरसिंह लामा
नुवाकोट ३, इन्द्र बानिया मकवानपुर-१, शंकर भण्डारी तनहूँ-१, राजिवविक्रम
शाही जाजरकोट-२ छन । एमालेबाट शेरधन राई भोजपुर-२, विशाल भट्टराई खोटाङ-२,
यज्ञराज सुनुवार ओखलढुंगा-१, पार्वत गुरुङ दोलखा-१, गणेशकुमार पाहडी
सिन्धुली-१, शत्रुधन महतो धनुषा-७, जनार्दन ढकाल रसुवा-१, रविन्द्र अधिकारी
कास्की-३, नवराज शर्मा म्याग्दी, विकास लम्साल पवर्त-२, कर्णवहादुर थापा
बाजुरा-१, प्रेमवहादुर आले डोटी-२, गणेशसिंह ठकुन्ना दार्चुला छन ।
एमाओवादीबाट एमाओवादीबाट उमेश कुमार यादव सप्तरी-३, श्यामकुमार श्रेष्ठ
रामेछाप-२, प्रभु शाह रौतहट-३, सत्यनारायण भगत रौतहट-४, शक्ति बस्नेत
जाजरकोट-१, सन्तकुमार थारु बर्दिया-४४, बमानवहादुर थापा बर्दिया-४ छन ।
|
0 comments
Write Down Your Responses