बाघ आतङ्कविरुद्ध सडक बन्द

२१ कात्तिक, चितवन । माडीका स्थानीयवासीले बाघको आतङ्कविरुद्ध बिहीबार बिहानैदेखि यहाँ सडक बन्द गराएका छन् ।

दैनिकजसो गाउँमा बाघ पसेर पालुवा जनावरलाई खाने र मानिसलाई समेत आक्रमण गर्ने गरेकाले बाघ आतङ्क नियन्त्रणका लागि प्रशासनलाई दबाब दिन स्थानीयवासीले सडक बन्द गरेका हुन् । चितवन निकुञ्जबाट निस्केका बाघले गत दुई सातादेखि पशु पालुवा जनावर खाइदिने र गाउँघरमा आतङ्क मच्चाउने गरेकाले बाध्य भएर सडक सङ्घर्ष गर्नुपरेको स्थानीयवासीले बताएका छन् ।

बाघको नियन्त्रणका लागि पहल गरिनुपर्ने र उचित क्षतिपूर्ति पाउनुपर्ने स्थानीयको माग रहेको छ । मागको सुनुवाइ नभएसम्म बाटो अवरुद्ध जारी राख्ने उनीहरुले बताएका छन् । चितवनको माडीका चार गाविस निकुञ्जले घेरिएको क्षेत्र हो । यहाँ बर्सेनि बाघ, हात्ती, गैँडा, भालुलगायत जङ्गली जन्तुले मानिसलाई समेत आक्रमण गरेर जनधनको क्षति गर्दै आएको छ । रासस
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.