२ बर्षे चेनस्मोकर बालकको नयाँ–नयाँ लत
इण्डोनेशियाको सुमात्रा टापुमा एक गरिब गाउँमा बस्ने आल्डी रिजाल २ वर्षको उमेरमा नै अत्याधिक धुम्रपानका कारण चर्चामा आएका थिए । उनी एक दिनमा ४० खिल्ली चुरोट पिउँथे ।
चेन स्मोकर २ वर्षीय बालकको समाचार
सार्वजनिक भएपछि सनसनी मच्चिएको थियो । पुर्नस्थापना केन्द्रमा बसेका उनी
अहिले चुरोटको लतबाट मुत्त भएका छन्, जुन खुसीको कुुरा हो । तर, अब उनी
फेरि नयाँ लतको शिकार भएका छन्, जसका कारण उनका अविभावक फेरि चिन्तित छन् ।
सरकारले चलाएको एक अभियानका क्रममा चेन
स्मोकर अल्दीको चुरोट खाने बानी छुटेको छ । राजधानी जाकार्तामा ४० दिनसम्म
उनलाई पुनःस्थापना केन्द्रमा उपचार गएिको थियो । उपचारका क्रममा चुरोट
स्मरण नगराउन उनलाई धेरै भन्दा धेरै समय खेल्नमा व्यत रादिएको थियो । अहिले
कसैले चुरोट दिए अल्दी अस्वीकार गर्छन् ।
तर, उनको बढ्दो बजन समस्या बन्दै गएको छ ।
चुरोट छाडेपछि उनले धेरै खाना खान सुरु गरेको उनकी आमा डियानले बताएकी
छिन् । उनी पटक–पटक खाना मागिरहन्छन् । ‘यदि मैले दिइनँ भने अरु कोहीसँग
मागेर खान्छ, मानिसहरुलाई अस्वीकार गर्न पनि गाह्रो हुन्छ । मानिसहरु मलाई
राम्रो अविभावक नभएको आरोप समेत लगाउँछन्’ उनले भनेकी छिन् ।
बाबु मोहम्मद रिजाल र आमा डियानाले अब
उनलाई पोषण बिशेषज्ञकहाँ लगेका छन् । चिकित्सकहरुका अनुसार अल्दीको तौल १७
देखि १९ किलो हुनु पर्ने हो तर, २४ किलो भइसकेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses