शोभराज र नीहिताको झल्को दिने अमेरिकी प्रेम चक्कर
आजीवन कारावास सजाय पाएका विकिनी किलर चाल्स शोभराजसँग विवाह गरेको दावी गर्दै निहिता विश्वास चर्चामा आएको धेरै भएको छैन । प्रेममा मानिस पागल हुन्छ भन्ने उखानको चरितार्थ हो यो ।
अमेरिकामा पनि यस्तै भएको छ । २५ वर्षीया
युवती ७९ वर्षीय सिरियल किलरसँग आफूले विवाह गरेको दावी गरिरहेकी छिन् ।
उनले आफ्नो नाम स्टार भएको बताएकी छिन् र ७९ वर्षीय चाल्र्स मेसनको पछि
लागेका छन् । चाल्र्स क्यालिफोर्नियाको कोरकोरन जेलमा सामुहिक हत्याकाण्डको
अभियोगमा आजीवन कैद सजाय भोगिरहेका छन् ।
रोलिङ स्टोन पत्रिकासँगको कुराकानीमा उनले
आफू र चाल्र्सको विवाह भइसकेको दावी गरेकी छिन् । ‘मैले यसलाई निकै गम्भीर
रुपमा लिएको छु । चाल्र्स मेरो हुनेवाला पति हुन् ।’ उनले भनेकी छिन् ।
स्टार मिसीसिप्पी नदी किनारको एक शहरमा बस्छिन् । उनका अनुसार १९ वर्षको
उमेरमा नै चाल्र्ससँग प्रेम भएको थियो र उनी जेलमा चाल्र्सलाई भेट्न
गइरहन्थिन् । उनले भनेकी छिन्–‘म उनकै लागि जन्मिएकी हुँ र उनीसँगै विवाह
गर्न चाहन्छु ।’
यो जोडीलाई जेलमा भेटको सुरुमा र आउने
जाने बेलामा किस गर्ने अनुमति दिइएको छ । उनीहरु श्निबार र आइतबार ५–५
घण्टाका लागि भेट्छन् । तर, जेलका सुरक्षाकर्मीको निगरानी भने टुटदैन् । २५
वर्षीया यी युवती आफ्नो प्रेमीलाई कपडा, गिटार लगायतका गिफ्ट लिएर भेट्न
जान्छिन् । जेलमा आजीवन कारावास पाएका कैदीलाई विवाहको अनुमति समेत दिइदैन ।
|
0 comments
Write Down Your Responses