रेखा थापाको ब्वाईफ्रेन्ड खड्का जी !

काठमाडौ, असोज १४ – शनिबार कतारबाट स्वदेश फर्किएकी अभिनेत्री रेखा थापा आइतबार बिहानै कार चढेर काठमाडौको तीनपिप्लेमा पुगिन् ।
गाउँमा रेखा थापा आएको हल्ला सुनेपछि खड्का जीले भनिहाले ‘आ मा मा मा...त्यस्तो छोटो लुगा लगाउने र अंगप्रर्दशन गर्ने हिरोइनी त मलाई मनै पर्दैन ।’
उनले यतिमात्रै के भनेका थिए रेखा थापा उनकै अगाडि टुप्लुक्कै । अनि त शुरु भइहल्यो नि मस्कामस्की र नजर हानाहान । खड्का जीको गीतले रेखा पनि लठ्ठै । गाउँका काजीले पनि रेखालाई मन पराउँछन्, अब उनले यो कुरालाई कसरी लिने हो ?
यो सबै थाहा पाउन आउँदो मंगलबार राती नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्यब्यंग्य टेलिश्रंखला ‘मेरी बास्सै’ हेर्नुपर्छ । अभिनेत्री रेखा थापा ‘मेरी बास्सै’मा कुनै बिशेष भुमिकामा नभई आफ्नो रियल क्यारेक्टरमा प्रस्तुत हुदैछिन् ।
निर्देशक सीताराम कट्टेलका अनुसार अभिनेत्री थापा तीन भागसम्म मेरी बास्सैमा देखा पर्नेछिन् । उनले निर्माण गरेको चलचित्र ‘काली’ यहि असोज २५ गतेबाट रिलिज हुदैछ । चलचित्र ‘काली’को प्रोमोसनको लागि रेखाले ‘मेरी बास्सै’मा खेलेकी हुन् । मेरी बास्सैमा अभिनय गर्दा धेरै रमाइलो भयो’ रेखा भन्छिन् ‘कमेडीमा काम गर्न धेरै गाह्रो हुने रहेछ भन्ने कुरा मेरी बास्सै खेलेपछि थाहा पाए ।’
टेलिश्रंखलामा ‘लाउड’ एक्सप्रेसन दिनुपर्ने भएकाले चलचित्रभन्दा फरक हुने रेखाको भनाई छ । ‘पछि डबिङ गरिने भएकाले फिल्ममा सफ्ट बोल्ने र एक्टिङ गर्नुपर्ने हुन्छ त्यसैले नेचुरल लाग्छ तर सिरियल, त्यो माथी कमेडीमा काम गर्दा भने अलि बढी आर्टिफिसियल पनि बन्नुपर्ने रहेछ’ थापाले मेरी बास्सै सुटिङको अनुभव सुनाइन् ।
बलिउडमा आफ्नो चलचित्र प्रोमोसनका लागि कलाकारहरु विभिन्न टेलिभिजन कार्यक्रमहरुमा सहभागी हुने गरेपनि नेपालमा छिटपुट बाहेक यस्तो शैली अपनाएको पाइदैन । अभिनेत्री थापाले पनि पहिलो पटक यो शैली अपनाएकी हुन् । अब हेर्न बाँकी छ मेरी बास्सैमा खेलेर गरिएको प्रमोशनले उनको चलचित्रलाई कत्तिको फाइदा पुर्‍याउने हो ?

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.