काठमाडौँ १ बाट भुवन के सी ले प्रतक्ष्य मा टिकेट पाए !
१५ असोज, काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनमा सदावहार नायक भुवन केसीलाई काठमाडौं १ बाट उम्मेदवार बनाउने भएको छ ।
टिकट नपाएकै कारण राप्रपा नेपाल प्रवेश गर्ने तयारी गरेर अन्तिममा रोकिएका भुवनलाई एमालेले प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौं १ मा अब भुवन केसीसँगै कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र एमाओवादीका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । भुवन आफ्नो पार्टीमा नआएपछि राप्रपा नेपालले भने अधिवक्ता भरतमणि जंगमलाई पार्टीमा प्रवेश गराएर केसीकै चुनावक्षेत्र काठमाडौं १ मा टिकट दिने निर्णय गरिसकेको छ ।
काठमाडौं १ बाट टिकट पाएपछि नायक केसीले आफूलाई तीन करोड जनताको आर्शिवाद रहेको दाबी गरेका छन् ।
प्रचण्डसँग सुरेन्द्र भिड्ने, महेश भक्तपुर २ मा
एमालेले मंगलबार २ सय ४० निर्वाचन क्षेत्रका लागि उम्मेदवार घोषणा गरेको छ । काठमाडौं १ मा नायक केसी, २ मा माधवकुमार नेपाल, ३ मा रामेश्वर फुयाँल, ४ मा निर्मल कुईंकेल र ५ मा ईश्वर पोखरेल हुनुहुन्छ । यस्तै ६ मा योगेश भट्टराई, ७ मा रामवीर मानन्धर, ७ मा जीवनराम श्रेष्ठ र ७ मा कृष्ण गोपाल श्रेष्ठलाई एमालेले उम्मेदवार बनाएको छ । एमालेले काठमाडौं १० मा एमाओवादी अध्यक्ष प्रचण्डसँग सुरेन्द्र मानन्धरलाई भिडाउने भएको छ । काठमाडौं १० मा अघिल्लो चुनावमा सानुबाबु श्रेष्ठ उम्मेदवार हुनुभएको थियो ।
एमालेले युवा संघका अध्यक्ष महेश बस्नेतलाई भक्तपुर २ मा उम्मेदवार बनाउने भएको छ । भक्तपुर १ मा भने उम्मेदवार घोषणा गरिएको छैन । यस्तै ललितपुर १ मा मधुसुदन पौडेल, २ मा कृष्णलाल महर्जन र ३ मा रघुजी पन्तलाई उम्मेदवार बनाउने एमाले निर्णय छ ।

उन्को भनाई जस्ताको तस्तै >>
![]() |
0 comments
Write Down Your Responses