प्रचारको नयाँ माध्यम : फेसबुक

हिजोआज सामाजिक सञ्जालहरु संविधानसभा निर्वाचन उम्मेदवारका तस्विर र अभिव्यक्तिले भरिन थालेका छन् । उम्मेदवारहरुले फेसबुक र ट्वीटरबाटै भोट माग्न थालेका छ ।
मोफसल हुन् वा राजधानीका बिभिन्न क्षेत्रबाट उम्मेदवार धेरैले प्रचारको माध्यम सामाजिक सञ्जाललाई बनाएका छन् । सामाजिक सञ्जालमध्ये फेसबुकको प्रयोग अध्याधिक छ । अधिकांशले आफ्नो ब्यक्तिगत फेसबुक बनाएका छन् । कोणसभा र घरदैलो कार्यक्रमका तस्विर फेसबुकमा राखेर उम्मेदबारले भोट माग्न थालेका छन् । कुनै उम्मेदवार आफैं प्रविधिसँग अभ्यस्त छन् भने कसैलाई सहयोगी र कार्यकर्ताले सघाइरहेका छन् ।
प्रत्येक दिन घरदैलो कार्यक्रममो जानकारी पनि उम्मेदवारले फेसबुकबाटै दिइरहेका छन् । काठमाडौ क्षेत्र नम्बर-४ का उम्मेदबार एवं युवा नेता गगन थापा जति घरदैलो कार्यक्रममा खटिन्छन्, त्यतिनै फेसबुक अपडेट गर्छन् ।
'बेलुका सधैफेस बुकबाट भोट माग्छु, त्यसमा आएका सुझाव र आलोचनालाई सकारात्करुपमा लिन्छौं' उनले भने । सामाजिक सञ्जालका कारण आफूलाई प्रचारमा सजिलो भएको उनको अनुभव छ । 'नचिनेका व्यक्तिले पनि सुझाव दिन सक्छन्', उनले भने,'यो बहुउपयोगी भएको छ ।'
काठमाडौ क्षेत्र नम्बर ७ की उम्मेदवार तथा एमाओवादी नेतृ हिसिला यमीले घरदैलो भेटघाट र कोणसभा कार्यक्रम फेस बुकबाटै सार्वजनिक गर्छिन् । उनको फेसबुक पेजलाई 'निर्वाचन नम्बर ७' नाम दिइएको छ ।
प्रत्येक दिन बेलुका क्षेत्र नम्बर ७ को फेसबुक पेजमा उनी भोलिपल्टको प्रचार तालिका सार्वजनिक गर्छिन् । फेसबुकबाटै उनी भोटको लागि जनतासँग आग्रह गर्छिन् । क्षेत्र नम्बर-८ तथा काँग्रेस उम्मेदबार नविन्द्रराज जोशीले पनि भोटका लागि फेसबुकबाटै जनतासँग आग्रह गरेका छन् । प्रत्येक दिन उनले घरदैलो तथा भेटघाट कार्यक्रमको विवरण अपडेट गर्छन् । दोस्रो दिनका कार्यक्रम हुने स्थानसमेत उनले फेसबुकमै राख्छन् ।
काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदबार एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि फेसबुक बनाउने तयारीमा छन् । उनका प्रचार प्रसार संयोजक महेन्द्र श्रेष्ठले फेस बनाउने तयारी भइरहेको बताए । 'फेसनै भइसक्यो, हामी पनि बनाउने तयारीमा छौं, प्रविधिले अन्तक्रिर्यामा सजिलो हुन्छ,' उनले भने । क्षेत्र नम्बर १ की उम्मेदबार रेणु दाहालले पनि आफ्नो चुनावी प्रचारप्रसारका गतिविधि फेसबाटै सार्वजनिक गर्न थालेकी छिन् ।
'मैले भोट दिन, आफ्नो कार्यक्रमा सहभागी हुन् फेसबुकबाटै अनुरोध गर्छु, बेलुका समय मिलाएर फेसबुक चलाउँछु', उनले भनिन् । फेसबुकमार्फत् जनताले आलोचनात्मक सुझाव दिने गरेको उनले बताइन् ।
क्षेत्र नम्बर १ कै उम्मेदवार प्रकाशमान सिंहले पनि आफ्नो दैनिक गतिविधि फेसबुकै सार्वजनिक गर्छन् । उनका प्रेस संयोजक यूपी लामिछानेले दैनिक चुनाव प्रचारका गतिविधि सार्वजनिक गर्छन् । कांग्रेस नेता रामशरण महत, राप्रपा नेता प्रकाशचन्द्र लोहनी, एमाले नेता शंकर पोखरेल पनि प्रचारप्रसार गतिविधि फेसबुकबाटै सार्वजनिक गर्छन् ।
![]() |
0 comments
Write Down Your Responses