बार्सिलोनाको जीत जारी !

२० असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार आठौं जित हात पारेको छ । शनिबार राति लिओनल मेस्सी विना मैदान उत्रिएको बार्सिलोनाले रियल भिल्लाडोलिडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । जितपछि बार्सिलोना ८ खेलबाट २४ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।

बर्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा अग्रता भने रियल भिल्लाडोलिडले लिएको थियो । १० औं मिनेटमा हाभी गेएराले पाहुना टोलीलाई सुरुवाति अग्रता दिलाए । तर, १४ औं मिनेटमा टेलोको पासमा एलेक्स सान्चेजले बराबरी गोल फर्काए । ५२ औं मिनेटमा जाभीले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।

६४ औं मिनेटमा नयमारको पासमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–१ को अग्रता कायम गर्न सफल भयो । ७० औं मिनेटमा सन्चेजको पासमा नेयमारले गोल गरेपछि बार्सिलोना ४–१ को जित निकाल्न सफल भयो ।

भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.