चुनाब पछी राजसस्था ब्युतिने - कमल थापा
काठमाडौं २० असोज, । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी संविधानसभाको निर्वाचनपछि नेपालमा राजसंस्था पुनःस्थापित हुने दावी गर्नु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा थापाले राजसंस्था हटाएर विदेशीको हस्तक्षेप भित्राउन मुलुकमा परिवर्तन नभएको भन्दै चुनाव भन्दा माथि उठ्ने राजसंस्थाको आवश्यकता पुष्टि भएको बताउनु भयो । निर्वाचनपछि राजासहितको प्रजातन्त्रको स्थापनाका लागि पार्टीले राष्ट्रिय सहमतिको लागि बृहद छलफल चलाउने उहाँले बताउनुभयो ।
राप्रपा नेपालका अध्यक्ष थापाले निर्वाचनमा समानुपातिकतर्फ राप्रपा नेपाल पहिलो पार्टी बन्ने दावी गर्नुभयो । आफूहरु चारदलीय सेण्डिकेटको सर्वसत्तावाद र मनपरितन्त्रको विरुद्ध शान्ति, स्थायीत्व र प्रजातन्त्रको एजेण्डा लिएर निर्वाचनमा जाने उहाँले जानकारी दिनुभयो ।
बैद्य माओवादी निर्वाचनमा नआउनु दुःखद भएको भन्दै उहाँले धेरै असन्तुष्टिलाई सहेर आफूहरु निर्वाचनको अभियानमा जुटेको बताउनु भयो । उहाँले आगामी संविधानसभाबाट पनि संविधान बन्न नसके त्यो मुलुकको लागि दुर्भाग्य पूर्ण हुने चेतावनी दिनुभयो ।
0 comments
Write Down Your Responses