कोशीमा ११ सीट जित्ने एमालेको दाबी

३१ असोज, विराटनगर । नेकपा एमालेले कोशी अञ्चलका २२ वटा निर्वाचन क्षेत्रमध्ये ११ भन्दा बढीमा जित्ने दाबी गरेको छ । विहीबार बिराटनगरमा पत्रकार सम्मलेन गरेर एमालेले उमेदवार छनौटका क्रममा १० वटा क्षेत्रमात्र विजयी हुने आंकलन गरिए पनि पछिल्लो अवस्थामा कमजोर भनिएको निर्वाचन क्षेत्र पनि सुदृढ भएको भन्दै ११ सीट जत्ने दाबी गरेको हो ।
एमालेले ०६४ सालमा भने कोशीका २२ सीटमध्ये संखुवासभामा एउटा र सुनसरीमा दुइवटा गरी ३ सीटमात्रै जितेको थियो । कोशी अञ्चलका तेह्थुम, धनकुटा, भोजपुर र मोरंगमा एमालेको शून्य सीट आएको थियो । तर, एमालेले ०६४ को चुनावमा कोशीका १० वटा क्षेत्रमा दोस्रो स्थान हासिल गरेको थियो ।
एमालेले ०६४ सालमा दोस्रो स्थान पाएका चुनाव क्षेत्रहरुमा तेह्रथुम, संखुवासभा १, भोजपुर २, धनकुटाका २ वटै क्षेत्र र मोरङका ३ वटा क्षेत्र रहेका छन् । मोरङमा एमालेले विगतको चुनावमा १, २ र ८ नम्बर क्षेत्रमा दोस्रो स्थान पाएको थियो । त्यसैगरी सुनसरी १ र ५ नम्बर क्षेत्रमा एमाले दोस्रो स्थानमा आएको थियो । सुनसरी ३ र ४ मा एमाले तेस्रो स्थानमा थियो । त्यसैगरी मोरङको क्षेत्र नं ३, ६, ७ र ९ मा एमाले तेस्रो स्थानमा थियो भने मोरङ ४ र ५ मा एमाले चौथो स्थानमा थियो ।
अहिलेको चुनावमा कुन कुन क्षेत्रबाट ११ सीट जित्ने भन्ने एमाले नेताहरुले पत्रकार सम्मेलनमा स्पष्ट पारेनन् ।तर, एमाले केन्द्रिय सदस्य एवम् कोशी अञ्चल इन्चार्ज राजेन्द्र गौतमले बुधबारमात्र कोशी अञ्चल समन्वय कमिटीको बैठकमा भएको समिक्षाबाट ५० प्रतिशत भन्दा बढी स्थानमा एमालेले जित्ने अवस्था देखिएको बताउनुभयो ।
ँचुनावी अभियानमा गाउँ पुग्ने क्रममा एमालेप्रतिको समर्थन बढेको पाएको छौ । यसपटक धेरै ठाउामा अप्रयासित परिणाम आउाछ ।’, पत्रकार सम्मेलनमा गौतमले भन्नुभयो, ँमाओवादीले बिगतमा देखाएको त्रासको अवस्था अहिले छैन । हाम्रो संगठनात्मक सञ्जाल बढेकाले पनि हामीले सोचेभन्दा राम्रो नतिजा आउँछ ।’
एमालेले कोशीका केही क्षेत्रबाहेक धेरैमा कांग्रेससँग प्रतिष्पर्धा हुने दावी गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य गुरु बरालले लोकतन्त्र संस्थागत गर्न एमालेले नेतृत्वदायी भूमिका खेलेकाले एमालेको भूमिकाको जनताले मुल्यांकन गर्ने बताउनुभयो । बरालले पार्टीमा अन्तरबिरोध नभएकाले टिकट बाँड्नुअघि भएका छलफललाई ब्यवस्थापन गरिसकिएको दावी गर्नुभयो ।
एमाले मोरङका अध्यक्ष महेश रेग्मीले केही दिनमै आक्रामक प्रचार योजनासहित गाउँ पसेर पार्टीको पक्षमा समर्थन जुटाउने बताउनुभयो । अध्यक्ष रेग्मीले समानुपातिक तर्फबाट सिफारिस उम्मेदवाहरुसाग पार्टीले पैसा नमागेको बताउँदै सञ्चारमाध्यममा आएका समाचार सत्यता नभएको दाबी गर्नुभयो

0 comments

Write Down Your Responses

Powered by Blogger.