सनकी प्रेमीको विचित्र चाला : प्रेमिकाको पाइन्टमा भोटे ताला

अविश्वासले मान्छेलाई कुन अवस्थासम्म पूराउँछ भन्ने कुराको उदाहरण एक पुरुषले पेश गरेका छन् । आफ्नी प्रेमिका अरु पुरुषसँग लसपस गर्छेकी भन्ने आशंकामा ती पुरुषले आफ्नै प्रेमिकाको पाइन्टमा ताल्चा ठोकिदिएका छन् । आफुभन्दा निकै तरुनी प्रेमिका अरु केटासँग बरालिने शंका गर्दै ती पुरुषले आफु बाहेके अरु पुरुषसँग ओछ्यान तताउन नपाओस् भनि पाइन्टमा ताला ठोकेका छन् ।
1
यस्तो मुर्ख्याइँ गर्ने मानिस नेपालका भने होइनन् । मेक्सिकोका एक ४० वर्षे पुरुषले आफ्नी २५ वर्षकी प्रेमिकाको पाइन्टमा ताला लगाइदिएको घटना र्सार्वजनिक भएको छ । आफ्नो पाइन्टमा प्रेमीले ताला लगाइदिँदा आफु दिनमा घण्टौँ सम्म पाइखाना समेत जान नपाएको भन्दै ती युवती प्रहरी समक्ष पुगेपछि यो घटनाको पर्दाफास भएको हो । १२ वर्षदेखि आफ्नो पाइन्टमा प्रेमीले ताल्चा ठोकिदिएको र उसको उपस्थितिमा उसैले ताला खोलिदिएर आफ्नो इच्छा पूरा गर्ने र त्यहीँ बेला मात्र आफु ट्वाइलेट जान पाउने अन्यथा प्रेमी बाहिर गएको बेलामा आफु ट्वाइलेट सम्म जान नपाउने उनको दुखेसो थियो । प्रेमीको डरले आफुले आफै ताला तोड्ने हिम्मत पनि नगरेको उनले बताइन् ।
2
युवतीको उजुरीपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको छ । उनले प्रहरीलाई प्रेमिकाको पाइन्टमा लगाएको ताल्चाको साँचो दिएपछि प्रहरीले ताला खोलिदिएको सिएनएनमा प्रशारित समाचारमा उल्लेख छ ।
प्रहरीले ती युवकविरुद्ध दुराचारको अभियोगमा मुद्दा चलाउने प्रयास गरेपछि युवतीले जाहेरी दिन अस्विकार गरेपछि उनीमाथि मुद्दा चलेन र केही घण्टामै हिरासतमुक्त गरियो । तर ती युवकले अब आफुले प्रेमिकाको पाइन्टमा ताल्चा नलगाउने लिखित प्रतिबद्धता गरेका छन् । सुरक्षाको कारण भन्दै ती प्रेमी प्रेमिकाको नाम भने र्सार्वजनिक गरिएन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.