नेकपा-माओवादीद्धारा सेती महाकाली बन्द आह्वान


३ कात्तिक, कञ्चनपुर । नेकपा-माओवादीले आज सेती र महाकाली अञ्चलमा बन्द आह्वान गरेको छ । शान्तिपुर्ण आन्दोलन गरिरहेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै माओवादीले बन्द आह्वान गरेको हो । ३३ दलको घोषित कार्यक्रम अनुसार प्रमुख चार दलका शीर्ष नेतालाई जिल्ला प्रवेशमा रोक लगाउने कार्यक्रम अन्तर्गत डोटीको चुनावी सभालाई सम्बोधन गर्न पुग्नुभएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डालाई रोक लगाउन डोटी, अछाम र बाजुरा बन्द गराउँदै हिँडेका बन्दकर्तालाई प्रहरीले गिरफ्तार गरेपछि उनीहरुको निसर्त रिाहाइको माग गर्दै बन्द आह्वान गरिएको हो । बन्द गराउँदै हिँडेका डोटि जिल्ला ईन्चार्ज बिबेक, अनेरास्वबियु क्रान्तिकारीका केन्दि्रय सदस्य दिपेन्द्र चलाउने, केन्दि्रय सचिवालय सदस्य गणेस रैकाल र डोटि जिल्ला सचिवालय सदस्य बिरबहादुर थापा लाई गिरफ्तार गरेको विरोधमा दुई अञ्चल बन्द गरिएको माओवादीले जनाएको छ । गिरफ्तारीको घटनाप्रति गम्भिर भएको भन्दै राज्य समिति ईन्चार्ज ओम पुन र सेक्रेटरी शरद सिंह भण्डारीले संयुक्त विज्ञप्ति जारी गर्दे बन्दको घोषणा गरेका हुन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.