आजदेखि सवै निर्वाचन क्षेत्रमा नेपाली सेना


३ कात्तिक, काठमाण्डौं । गृहमन्त्रालयले तयार पारेको एकीकृत निर्वाचन सुरक्षा योजना अन्तर्गत आजदेखि देशभरका सम्पूर्ण निर्वाचन क्षेत्रमा सेना परिचालन गर्ने भएको छ । घोषित निर्वाचनको मिति आउन अब एक महिनामात्र बाँकी रहेकाले सुरक्षा अवस्थालाई चुस्त दुरुस्त राख्न गृहले सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ भने आफूहरु पनि तयारी अवस्थामा रहेको सुरक्षा निकायले बताएका छन् । सरकारले एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनको सुरक्षाका लागि खटाउने योजना बनाएको छ । जस अन्तर्गत नेपाल प्रहरी र निर्वाचनको प्रयोजनका लागि तयार पारिएका म्यादी प्रहरीले मतदान केन्द्रको भित्री सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेरमा सशस्त्र प्रहरीले जिम्मेवारी पाएको छ । सशस्त्रले नेपाल प्रहरी र नेपाली सेनासँग समन्वय गरी सहयोगी भूमिका निर्वाह गर्ने छ । त्यस्तै नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रहेर सुरक्षाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ । सोही जिम्मेवारी अनुसार नेपाली सेनाले आजदेखि सम्पूर्ण निर्वाचन क्षेत्रमा आ आफ्नो टोलीलाई परिचालन गर्नेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.