महिलाका पेन्टी चोर्ने रंगेहात पक्राउ, खल्ती र झोलाभरि पेन्टी नै पेन्टी
बेलायतको
ब्रिस्टोलमा महिलाका भित्री वस्त्र चोरी गर्ने चोर रंगेहात पक्राउ परेका
छन् । ५१ वर्षका कोलिन क्रेग्टनलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
पक्राउपछि उनको जिउ तलासी लिँदा प्रहरीले उनको कोटको खल्तीभरि पेन्टी फेला
पारेको थियो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
स्थानीय एक अपार्टमेन्टमा रहेको महिलाको
कोठामा रातको समयमा टर्च बालेर पुरुष छिरेको देखेपछि छिमेकीले प्रहरीलाई
खबर गरे । कोलिनले कोटको खल्तीभरि पेन्टी कोचेर त्यहाँबाट के बाहिर
निस्किएका थिए, प्रहरी आएर च्वाप्पै समाइहाले । प्रहरीले उनको कोटको
खल्तीबाट मात्र होइन उनले अरु ठाउँबाट चोरेर ल्याएका पेन्टी कोचेर राखेको
एक झोला पनि बरामद गर्यो ।
कोलिन विरुद्ध प्रहरीले बि्रस्टोल क्राउन
कोर्टमा मुद्दा दायर गरेको छ । अदालतमा बयानका लागि उपस्थित भएका कोलिनले
आफ्नो चोरीको कसूरका विषयमा खुलस्त नबताएपछि कुनै यौनिक उद्देश्यका साथ
पेन्टी चोरी नगरेको जिकिर गरे ।
समाचार अनुसार त्यो कोठामा बस्ने महिला
त्यसदिन आफ्नो अर्को घरमा बस्न गएकी थिइन् । उनले ढोका लगाएको भएपनि झ्याल
खुल्लै भएकाले सोही झ्यालबाट ती व्यक्ति पेन्टी चोर्न पसेका रहेछन् ।
अदालतका न्यायाधीशले ती पेन्टी चोरलाई तीन
वर्षको निगरानीको फैसला सुनाएका छन् । अब उनले तिन वर्षसम्म कुनै यस्तै
कसूर गरेमा कडा सजाय भोग्नुपर्छ । साथै उनले विभिन्न खाले यौन हिंसा
सम्बन्धि चेतनामूलक कार्यक्रममा पनि अनिवार्य रुपमा सहभागिता जनाउनुपर्नेछ ।
अदालतमा न्यायाधीशको अगाडि कोलिनले आफु आफ्नो यस्तो कार्यका कारण निकै
लज्जित भएको र अब कहिल्यै त्यसो नगर्ने बताए । उता चोरले पेन्टी चोरेपछि
अचम्ममा परेकी महिलाले भने आफु यो घटनाबाट निकै डराएको र त्यो मान्छेले
चोरीको दिनभन्दा अगाडि पनि आफुलाई रातको समयमा निगरानी गर्ने गरेको
हुनसक्ने बताइन् ।
![]() |
0 comments
Write Down Your Responses