एमालेले १ सय २० सिट जित्ने वामदेव गौतमको दावी

" trbidi="on">
५ कार्त्तिक, बर्दिया । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधानसभा निर्वाचनमा एमालेले १ सय २० सिट जित्ने दावी गर्नुभएको छ । चुनावी अभियानका क्रममा बर्दिया पुगेका उपाध्यक्ष गौतमले पहिलो संविधानसभाको निर्वाचनमा डर र धम्की देखाएर एमाओवादीले जित हासिल गरेपनि अबको चुनावमा एमालेको जित सुनिश्चित भएको ठोकुवा गर्नुभयो । एमाओवादीको गैर जिम्मेवारीपनका कारण संविधानसभा विघटन भएको बताउँदै उहाँले आगामी चुनावमा एमाओवादी चौथौ स्थानमा पुग्ने ठोकुवा समेत गर्नुभयो । बर्दिया क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका गौतमले एमाओवादीले चाहेको एकल जातीय पहिचान सहितको संघियताले मुलुकमा द्वन्द्व निम्त्याउने उल्लेख गर्नुभयो । उहाँले जातीय राज्य चाहनेहरुले एमाओवादी र मधेसबादी दलहरुलाई र सबै नेपालीको राज्य चाहनेहरुले एमालेलाई विजय गराउन आग्रह गर्नुभयो । संघियताको नाममा नेपालमा काटमार गराएर नेपाललाई बिदेशीको हातमा सुम्पन एमाओवादी र मधेसवादी दल लागिपरेको आरोप लगाउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.