बेहुलीको बिजोग, बेहुलो नचिन्दा अर्कै तन्नेरीसँग सुहागरात
चीनमा एउटा अनौठो घटना भएको छ । बिहे भएर घर आएको रात बेहुलो सुतेको कोठा नचिन्दा बेहुलीले अर्कै युवकसँग रात बिताएकी छिन् । आफ्नो बेहुलो सुतेको कोठा जाने बेलामा भुलबस उनी अर्कै कोठामा छिरिन् । रातभर सोही कोठामा सुतेको युवकसँगै सुतेपछि बिहान पख उज्यालो भएपछि मात्र उनले त्यो युवक आफ्नो लोग्ने नभएर अर्कै युवक रहेको थाहा पाइन् ।
समाचार अनुसार गुआंग्जी प्रान्तस्थित नापो
क्षेत्रमा यस्तो घटना भएको हो । हुआंग थर भएकी ती युवती बिहे गरेर वरको घर
गइन् । वरको घरमा पार्टीको आयोजना गरिएको थियो र पार्टीमा धेरै मानिस समेत
आएका थिए । रात परेसँगै सुत्ने तरखर भयो । उनी सुत्नुभन्दा पहिले बाथरुम
गइन् । बाथरुमबाट फर्किँदा उनले आफ्नो खोपी भएको कोठा भन्ठानेर अर्कै
कोठामा छिरिन् । उनलाई त्यो आफ्नो खोपी नरहेको र त्यहाँ आफ्नो लोग्नेको
साथी सुतेको कुरा पत्तो थिएन । त्यहाँ आफ्नै लोग्ने सुतेको होला भनि
ढुक्कसाथ उनी पसिन् र सुतिन् । बिहानपख ब्यँझिनासाथ उनले बल्ल त्यो केटा
आफ्नो लोग्ने नभएको पत्तो पाइन् र चिच्याउँदै कोठाबाहिर निस्किइन् ।
ती महिला गुहार माग्दै र आफुमाथि बलात्कार
भएको भन्दै रुँदै कराउँदै बाहिर निस्किएकी थिइन् । साथीकी बेहुलीसँग रात
बिताउन पाएर मख्ख भएका रुआन नामका युवक भने आफुले कुनै अपराध नगरेको
बताउँदै थिए । तर सबै गाउँलेले ती युवकले जानीजानी बेहुलीसँग सुतेको भन्दै
२० हजार युआन क्षतिपूर्ति दिनुपर्ने निर्णय गरे । युवकले भने आफुसँग
त्यत्रो पैसा नभएको र आफुले कुनै कसूर नगरेको भन्दै पैसा तिर्न इन्कार गरे ।
बलात्कृत भएँ भन्ने नव विवाहित युवती र उनको लोग्नेले त्यो विषयमा पुलिसमा
उजुरी गरे । स्थानीय एक अदालतमा मुद्दा चल्यो । अदालतले साथीको बेहुलीसँग
रात बिताउने ती जन्ती युवालाई सफाइ दियो र उनले बलात्कार नगरेको फैसला
गर्यो ।
-
![]() |
0 comments
Write Down Your Responses