समाचार
»
कांग्रेसको चुनावी सभामा वैद्य माओवादीको ढुंगामुढा
कांग्रेसको चुनावी सभामा वैद्य माओवादीको ढुंगामुढा
४ कात्तिक, पाँचथर । पाँचथरको रानीटार गाविसमा नेपाली कांग्रेसले सोमबार दिउासो गरेको चुनावी कार्यक्रममा वैद्य माओवादीका कार्यकर्ताले आक्रमण गरी अवरोध पुर्याएका छ्न ।
रानीटार उच्च माध्यमिक विद्यालयको प्राङ्गण कांगे्रस क्षेत्र नं. १ ले गरेको चुनावीसभा करिव २ जनाको समूहमा आएका वैद्य माओवादीका कार्यकर्ताले दिउासो २ बजे ढुंगामुढा प्रहार गरेर अवरोध गरेका हुन् ।
सदरमुकामबाट तीन घण्टा पैदल दूरीमा रहेको सो स्थानमा पाँचथर क्षेत्र नं. १ का कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङको उपस्थितिमा आमसभा शुरुहुने वित्तिकै वैद्य माओवादीका कार्यकर्ताले आक्रमण गरेका थिए ।
आमसभाको सुरक्षामा थोरै संख्यामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन नसकेपछि सदरमुकाम फिदिमबाट थप सुरक्षाबल पठाएर स्थितिलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो ।
चुनावी आमसभामा आक्रमण गर्ने वैद्य माओवादीका कार्यकर्ताको खोजी जारी रहेपनि अहिलेसम्म कसैलाई पक्रन नसकिएको प्रहरीले जनाएको छ ।
वैद्य माओवादीका कार्यकर्ताले सभामा भाग लिन हिंडेका कांग्रेस कार्यकर्तालाई बाटैमा अवरोध गरेका थिए । सदरमुकामबाट थप सुरक्षाबल पुगेर स्थितिलाई नियन्त्रणमा लिएपनि आजको कांगे्रसको चुनावी आमसभा भने स्थगित भएको छ ।
|
|
0 comments
Write Down Your Responses