समाचार
»
एमाओवादीका उम्मेदवारको घरमा शंकास्पद बस्तु
एमाओवादीका उम्मेदवारको घरमा शंकास्पद बस्तु
कात्तिक, उदयपुर । उदयपुर जिल्लाको क्षेत्र नं. ३ का एकीकृत नेकपा माओवादी प्रत्यक्षतर्फका उम्मेदवार मोहनबहादुर खत्रीको घरमा कालो झण्डासँगै शंकास्पद बस्तु फेला परेको छ ।
त्रियुगा नगरपालिका-७ बगाहास्थित घरमा आइतवार राति कालो झोलाभित्र शंकास्पद बस्तु फेला परेको हो । घरको मुलगेटमा कालो झण्डा गाडेर सोही स्थानमा कालो प्लाष्टिकको झोलामा देखिने गरी खतरा लेखेर राखिएको शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बिहान उठ्दा घरको मुल गेटमा कालो झण्डा र शंकास्पद बस्तु देखेपछि उम्मेदवार खत्रीकी पत्नी नम्रता राई खत्रीले प्रहरीलाई खबर गरेकी थिइन । प्रहरीले प्लास्टिकको झोलामा विस्फोटक पदार्थ नभेटिएको जनाएको छ ।
प्लास्टिकको झोलाभित्र ढुंगो बाँधेर राखिएको भेटिएपछि आतंक फैलाउने उद्धेश्यले सो काम भएको हुन सक्ने प्रहरीको भनाई छ । उम्मेदवार खत्रीको घरमा कालो झण्डा र शंकास्पद बस्तु फेला परेपछि अन्य उम्मेदवार आतंकित भएका छन् ।
0 comments
Write Down Your Responses