निर्वाचनका लागि सशस्त्र प्रहरीलाई ८५ हजार राउन्ड गोली चाहिने


५ कात्तिक, काठमाण्डौं । आगामी संविधानसभा निर्वाचनका लागि सशस्त्र प्रहरी बलले ८५ हजार थान गोली माग गरेको छ । सकेसम्म नेपाली सेनाबाट गोली खरिद गर्ने प्रस्ताव सशस्त्रले गृहमन्त्रालयमार्फत अघि बढाएको छ । गोली अभाव रहेको भन्दै सशस्त्र प्रहरीले खरिद प्रक्रिया अघि बढाएको हो । सशस्त्रको प्रस्तावमा नेपाली सेनासँग पर्याप्त गोली भएमा हालका लागि सेनाबाटै खरिद गर्ने उल्लेख छ । यसका लागि मूल्यसमेत तोकेर पठाउन गृहले रक्ष मन्त्रालयलाई प्रक्रिया अघि बढाएको छ । हतियार तथा गोली किन्न सशस्त्र प्रहरीले नेपाली सेनाको समेत स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ । सोही कारण सशस्त्रले स्वीकृति माग्दै सकेसम्म सेनाबाटै गोली खरिद गर्ने प्रस्ताव गरेको नयाँ पत्रिकामा खबर छ । विभिन्न तीन किसिमका गोली आवश्यक रहेको भन्दै सशस्त्रले गोली खरिदको प्रक्रिया अघि बढाएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.