समाचार
»
सात प्रदेशको प्रस्तावसहित एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै
सात प्रदेशको प्रस्तावसहित एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै
५ कात्तिक, काठमाण्डौं । नेकपा एमालेले सात प्रदेशको प्रस्तावसहितको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय बल्खुमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
भौगोलिक अवस्था, स्रोत साधन र बसोवास जस्ता आधारमा सात प्रदेश बनाउनुपर्ने प्रस्ताव गर्दै एमालेले प्रदेशको सीमा र नाम टुंगो लगाउने जिम्मा प्रदेश सभालाई नै दिन प्रस्ताव गरेको छ । बहुभाषा र साझा पहिचानसहितका सात प्रदेश बनाउनुपर्ने प्रस्ताव एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।
अघिल्लो संविधानसभाको राज्य पुनःसंरचनासम्वन्धी समितिमा एमालेले माओवादीसँग मिलेर १४ प्रदेशको प्रस्ताव बहुमतले पारित गरेको थियो । त्यस्तै एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति रहने शासकीय स्वरुपको प्रस्तावलाई अघि सारेको छ । घोषणा पत्रमा ५, १० र २० वर्षे विकासका योजना पनि अघि सारिएको एमालेले जनाएको छ । घोषणापत्रमा ५ वर्षभित्र नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा रुपान्तरण गर्ने उल्लेख छ ।
0 comments
Write Down Your Responses