कमल थापा रिसाए

२२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले केही सञ्चारमाध्यम, बुद्धिजीवी र नागरिक समाजले सबै दललाई समान व्यवहार नगरेको गुनासो गर्नुभएको छ । मंगलबार राजधानीमा आयोजित चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष थापाले भन्नुभयो- ‘केही सञ्चारमाध्यमले चार दलमात्रै यस देशका भाग्य विधाता हुन् भन्ने सन्देश प्रवाह गरिरहेका छन्, जसले १४ हजार मानिस मर्ने मराउने गर्दा पनि, १ सय अर्ब शान्ति र संविधानका नाममा खर्च गर्दा पनि एउटा संविधान दिन सकेनन् ।’

ठूला भनिएका तर सना हुँदै गएका चा दलले उम्मेदवार मनोनयन गर्ने एक दिन अघिसम्म पनि उम्मेद्वार बनाउन नसकेको र समानुपातिकमा पछाडिको ढोकाबाट सूची परिवर्तन गर्न खोजिरहेको थापाले आरोप लगाउनुभयो ।

‘चार दलले उम्मेद्वार सार्वजनिक गर्दा पनि घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन्’ थापाले भन्नुभयो, ‘तिनै दललाई विकल्पका रुपमा प्रस्तुत गर्ने केही सञ्चारमाध्यम, नागरिक समाज र वुद्धिजीवीबाट प्रयास भइरहेको छ, तर, चुनाव भनेको उनीहरुले बोकेको असफल र देशले धान्न नसकेको विचारलाई विकल्पमा रुपमा प्रस्तुत गर्ने प्रयास भइरहेको छ । त्यही गर्ने हो भने चुनावको के औचित्य ? चुनाव भनेकै विकल्पहरुको छनोट हो । यो निर्विकल्पताको माथि उठ्न र सबैलाई समान व्यवहार गर्न आम सञ्चार माध्यममा अपील गर्न चाहन्छु ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.