माइक्रोबस नदीमा खस्दा एकको मृत्यु
२१ असोज, कपिलवस्तु । कपिलवस्तुमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । दुर्घटनामा परी दाङ तुल्सीपुरकी ३९ वर्षकी सीता डाँगीको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा युनिटी अस्पताल जितपुरमा निधन भएको हो ।
मनकामाना दर्शन गरी दाङ तर्फ जाँदै गरेको बा २ ख १५९१ नम्बरको माइक्रो बस तिब्र गतिका कारण अनियन्त्रित भई कपिलवस्तुको बाडगंगा नदिको पुलबाट नदीमा खसेको थियो ।
मनकामाना दर्शन गरी दाङ तर्फ जाँदै गरेको बा २ ख १५९१ नम्बरको माइक्रो बस तिब्र गतिका कारण अनियन्त्रित भई कपिलवस्तुको बाडगंगा नदिको पुलबाट नदीमा खसेको थियो ।
0 comments
Write Down Your Responses