नेपाल आउने भाडा ३ गुणा महँगो !

२१ असोज, काठमाण्डौं । नेपाल पर्यटन बोर्डका निर्देशक आदित्य बरालले शनिबार दिल्लीबाट काठमाण्डौं आउन एकतर्फी हवाई टिकट ४३ हजार रुपैयाँमा किने । त्यो पनि अन्य कुनै सुविधा नपाउने बजेट एलाइन्स स्पाइस जेटको । सामान्यतया एयरलाइन्सको उक्त भाडा सामान्य अवस्थाभन्दा ३ गुणा बढी हो ।

पर्यटकीय मौसम र दसैंका कारण अहिले दिल्लीबाट काठमाण्डौं आउने प्रायः सबै एयरलायन्सको भाडा यसैगरी बढेको छ । अर्को भारतीय बजेट एयरलाइन्स इन्डिगोको भाडादर पनि दिल्लीबाट आउँदा ३५ हजार नाघेको छ । दसैंसँगै बढेको डलर र त्यसै बढाएको इन्धनको मूल्यका कारण भाडा अत्यधिक बढेको एक व्यवसायीले बताएको खबर कान्तिपुर दैनिकले छापेको छ । नेपाललाई भारतसँग जोड्ने हवाई भाष महँगो हुँदा भारत घुम्न आएकाहरु नेपाल आउन मान्दैनन् भने दसैं मनाउन आएकाहरुको पनि खर्च बढेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.