साउदीमा गाडीले किचेर दुई नेपालीको मृत्यु

आश्विन २३ - साउदी अरेबियाको शेबहामा रहेको एक कम्पनीमा कार्यरत महोत्तरी र सिराहाका दुई नेपाली युवाको कन्स्ट्रक्सन साइटमा गाडीले किचेर घटनास्थलमैं मृत्यु भएको छ ।

दुबइ सिमानामा रहेको उक्त स्थानमा गत असोज १७ मा भएको दुर्घटनामा महोत्तरी, बगराका जानकीशरण यादव र सिरहा, मनोर गाविसका बिनोदकुमार रायको निधन भएको हो ।

साउदी अरेबियास्थित गैर आवासीय नेपाली संघ, पूर्वीय क्षेत्रीय समन्वय समितिका सचिव केशव खड्काले दिएको जानकारीमा उक्त घटनामा चालकले कामदार सम्बद्ध आरएचएम कम्पनीको सेफ्टीसम्बन्धी नियम नमानेर दुई नेपालीको मृत्यु भएको हो ।

मृतक नेपालीको शव हाल स्थानीय अस्पतालमा रहेको र क्षतीपूर्तीसहितको प्रकृयामा रियादस्थित नेपाली दुतावासको तदारुकताका निम्ति नेपाली समुदायले आग्रह गरेका छन् ।


भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.