आतंकवादी तालिम लिँदै बेलायती

लन्डन – बेलायती नागरिकहरूले सिरिया र सोमालियाजस्ता देशमा गएर आतंकवादको तालिम लिइसरहेको खुलासा भएको छ। बेलायतकी गृह सचिव टेरेसा मेले कैयौं बेलायती सिरियामा आतंकवादी तालिम लिएर बेलायत फर्किरहेको सोमबार बताएपछि खुलासा भएको हो। सचिव मेका अनुसार अहिले बेलायतमा आतंकवादी आक्रमणको जोखिम बढेकोले बजार, सपिङ मललगायत सार्वजनिक ठाउँमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।


अफ्रिकी देश केन्याको राजधानी नैरोबीस्थित वेस्टगेट सपिङ सेन्टरमा भएको आक्रमण मध्यनजर गर्दै बेलायतमा ठूला आतंकवादी आक्रमण विफल पार्नका लागि सुरक्षाकर्मीलाई चनाखो पारिएको छ। सचिव मेले सम्भावित आतंकवादी आक्रमणविरुद्ध जुध्न निजी क्षेत्रको समेत सरकारले सहयोग लिइरहेको बताइन्। 
सचिव मेले बताए अनुसार केही समययता कैयौं बेलायती सोमालिया गइरहेका र अहिले भने सिरिया गइरहेका पाइएको छ। सोमालिया र सिरिया जाने बेलायतीमा संकास्पद उग्रवादीसमेत रहेको सचिव मेले बताइन्।संकास्पद बेलायतीले सोमालिया र सिरियामा तालिम लिएका मात्र नभएर आतंकवादी आक्रमणमा सामेल भएका समेत हुनसक्ने मेले बताइन्। 
गृह सचिव मेको भनाइ सार्वजनिक हुनुअघि बेलायतको परोपकार आयोग अध्यक्ष विलियम सोक्रसले सिरियाली विद्रोहीलाई पठाइने गरेको सहयोग रकम आतंकवादीको हात परेको दावी गरेका थिए। विलियमको भनाइ अनुसार विद्रोहीका लागि पठाइने गरेको सहायता रकम आतंकवादीले उपयोग गरिरहेका छन्। बेलायतको महानगरीय प्रहरीका आतंकवादविरोधी एकाइका पूर्वप्रमुख पिटर क्लार्कले पनि विलियमको दाबीमा सहमति जनाएका छन्। क्लार्कले सहायता रकम सिरिया पुगेपछि आतंकवादीको हातमा पर्ने गरेको छ। क्लार्कलेसहायता रकम घटाउनु नै समाधानको एक मात्र उपाय भएको बताए। बेलायतका ठूला १४ परोपकार संस्थाको प्रतिनिधित्व गर्ने आपत्कालीन समितिले यस वर्ष मार्चयता सिरियाली विद्रोहीको सहायताका लागि दुई करोड युरो संकलन गरेको छ। समितिले सहयोग रकम आतंकवादीको हात नपरेको भन्न नसकिने बताए।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.