जिल्लामा कुल १ सय ७ उम्मेदवार
मैदानमा थिए । क्षेत्र नम्वर १ मा भने मधेसी जनअधिकार फोरम लोकतान्त्रीकले
पनि जमानत जोगाएको छ। फोरम लोकतान्त्रीकका एक उम्मेदवार संगै जमानत जोगाउने
जिल्लाका उम्मेदवारको संख्या १६ छ।
खसेको सदर मतको १० प्रतिशत मत
ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको हो । खसेको सदर मतको १० प्रतिशत
नल्याएमा उम्मेदवारी दर्ता हुँदा जमानत राखेको ३ हजार रुपैयाँ जफत हुने
व्यवस्था निर्वाचन आयोगले गरेको छ।
आँफूलाई चौथो शक्तिको रुपमा दावी
गर्ने राष्ट्रीय जनमोर्चा,नेकपा माले समेत जमानत जोगाउन फेल भएका छन्।
यसैगरी राप्रपा नेपाल, राप्रपाका कुनै पनि उम्मेदवारले जमानत जोगाउन
सकेनन्।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार २ स्वतन्त्र सहित
२६ उम्मेदवार खडा भएको क्षेत्र नम्वर १ मा काँग्रेस, एमाले, एनेकपा माओवादी
र फोरम लोकतान्त्रीक बाहेकका २२ उम्मेदवारको धरौटी जफत भएको छ। त्यस
क्षेत्रवाट स्वतन्त्र उम्मेदवार बनेका प्रकाश कुमार जिसीले सवै भन्दा कम १६
मत ल्याएका छन्। त्यसैगरेर अखण्ड नेपाल पार्टीका उम्मेदवार शान्ता कुमारी
खत्रीले १९ मत ल्याएकि छिन्। कुल ४६१२९ मतदाता रहेको यो क्षेत्रमा ३५२८३ मत
खसेको थियो। खसेको मत मध्य ३२ हजार ९ सय ६६ मत सदर थियो। यसैगरी १७
उम्मेदवार रहेको क्षेत्र नम्वर २ मा १४ उम्मेदवारले धरौटी जोगाउन नसकेको
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यस क्षेत्रमा तराई
मधेश लोकतान्त्रिकका जितेन्द्र गुप्ताले सवै भन्दा कम २३ मत पाएका छन्।
४३००२ मतदाता संख्या रहेको क्षेत्र नम्वर २ मा ३२८७३ मत खसेको थियो । कुल
खसेको मत मध्य ३१३७९ मत सदर थियो। त्यसैगरेर २४ जना उम्मेदवार रहेको
क्षेत्र नम्वर ३ मा २१ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन अधिकृतको
कार्यालयले जनाएको छ। कांग्रेस, एमाले र एमाओवादी बाहेकका अन्य सबै
उम्मेदवारको जमानत यो क्षेत्रमा जफत भएको छ। ४९२४८ कुल मतदाता रहेको यो
क्षेत्रमा ३८३५२ मत खसेको थियो खसेको मत मध्य ३६३९९ मत सदर थियो। क्षेत्र ३
मा सभैभन्दा कम मंगोलीन नेश्नल अर्गनाइजेसनका सपना बुढाले ०.०३ प्रतिशत मत
र स्वतन्त्र उम्मेदवार ०.०३ प्रतिशत मत पाएका छन्। क्षेत्र नम्वर ४ मा १७
जना उम्मेदवारको धरौटी जफत भएको छ । सो क्षेत्रमा २० जना उम्मेदवार चुनावी
मैदानमा थिए । त्यस क्षेत्रमा काँग्रेस, एमाले र एमाओवादीका उम्मेदवारले
मात्र धरौटी जोगाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५१६७४ कुल
मतदाता रहेको यो क्षेत्रमा ३९४२० मत खसेको थियो। खसेको मत मध्य ३७५२१ मत
सदर थियो ।
त्यसैगरेर क्षेत्र ५ मा पनि १७ जना उम्मेदवारले आफनो धरौटी गुमाएका छन् ।
त्यस क्षेत्रमा प्रत्यक्षमा २० जना उम्मेदवार चुनावी मैदानमा थिए । त्यस
क्षेत्रमा सोसल रिपब्लिकन पार्टी र थरुहट तराई पार्टीका उम्मेदवारले ९-९ मत
ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । त्यो मत नै अन्य उम्मेदवार भन्दा
कम मत हो। ४८७५४ कुल मतदाता रहेको क्षेत्र नम्वर ५ मा ३७१९८ मत खसेको थियो ।
कुल खसेको मत मध्य ३५५७७मत सदर थियो ।
संविधानसभाको दोस्रो निर्वाचनमा जिल्लामा २ लाख ३८ हजार ७ सय २८ मतदाता थिए ।
दाङका ९१ उम्मेदवारको धरौटी जफत
दाङ—
पाँच निर्वाचन क्षेत्र रहेको दाङमा संविधानसभा दोस्रो निर्वाचनका झण्डै
एकसय उम्मेदवारको जमानत जफत भएको छ। सबै क्षेत्रमा प्रमख ३ दल बाहेकका अन्य
दलका ९१ उम्मेदवारहरुले जमानत समेत जोगाउन सकेनन्।
![]() |
0 comments
Write Down Your Responses