पहिलेका प्रेमिका संझदै सलमानले भने, ‘चुर्लुम्ब प्रेममा डुब्न चाहन्छु’

भारतकै सबैभन्दा चर्चित अबिबाहित पुरुष समेत रहेका बलिउड नायक सलमान खानले आफू गम्भीर सम्बन्धको खोजीमा रहेको बताएका छन् । करण जोहरको टक शो ‘कफी विथ करण’मा उनले आफ्नो प्रेम सम्बन्ध र चाहनाको बारेमा राज खोलेका हुन् ।salman-khan-hotउनले आफ्नो जीवनमा जोडिन आएका यूवतीहरुसँग सम्बन्ध नजोडिनुको पछाडी भाग्यले साथ नदिएको बताएका छन् । सलमानले भने, ‘म विगतलाई संझन चाहन्न, तर मलाई थाहा छ कुनै यूवतीसँग पनि मेरो सम्बन्ध लामो समयसम्म जोडिएन ।’ कुनै पनि कुराले विगतमा आफूलाई साथ नदिएको तर्क सलमानको छ ।

सलमानले आफ्ना पूर्व प्रमिकाहरुलाई भेट्न नचाहेको बताएका छन् । उनले पूर्व प्रेमिकाहरुसँग आफू भागेको भन्ने कुरालाई पनि नकारेका छन् । सलमानले अब आफ्नो जीवनमा आउने यूवती जीवनसाथी नै बनेर आओस् भन्ने चाहेका छन् ।
ह्यान्डसम नायक खानको जीवनमा कटि्रना कैफ, ऐश्वर्या राय, संगीता विज्लानी, सोमी अली लगायतका सुन्दरीहरु आइसकेका छन् । तर कुनै पनि यूवतीसँग सलमानको घरजम हुन सकेन । यसैले पनि ४८ बर्षमा पाइला टेक्दै गर्दा सलमान जीवनभर रहने सम्बन्धको खोजीमा रहेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.