चुनावमा धाँधली भन्नु बेतुकको बहस : जेपी गुप्ता

लहान - तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले चुनावमा धाँधली भएको मधेसी दलको आरोपलाई बेतुकको बहस भनेर टिप्पणी गरेका छन्।

'चुनावमा गएपछि त्यसको नतिजालाई स्वीकार्नुपर्नेमा अन्यथा भनेर मधेसी दलहरु गल्ती कमजोरीमाथि पर्दा हाल्ने प्रयत्न गर्दैछ,' गुप्ताको भनाई छ।
चुनावी परिणाम सार्वजनिक भएपछि मँगलबार पहिलोपटक लहानमा संचारकर्मीसँग उनले भने, ‘कतिपय विश्लेषकले अब मधेसको मुद्दा समाप्त भयो भनिरहेका छन् जुन विल्कुलै लगत छ। चुनावी परिणामले सत्ता लोलुप मधेसी दलहरुको अवस्था कमजोर पारेको छ मधेसको मुद्दा होइन। मधेस आन्दोलनपछि परिवर्तणको तीन माध्यम मध्ये दुई माध्यमको औचित्य सकिएको छ अब सडक संघर्ष एकमात्र विकल्प जिवित छ।’
सडक संघर्षको माहौल बनिरहेको छ।

उनले भने, ‘ सशक्त मधेस आन्दोलनका लागि क्रान्तिकारी शक्तिहरु गोलबन्द हुँदैछ छिटै आन्दोलन सुरु हुन्छ।’ चुनावमा सहभागी मधेसी दलहरु आन्दोलनको मोर्चामा अटाउँछ कि भने जिज्ञामा उनले मधेसी दलहरुप्रति कटाक्ष गर्दै भने,‘ गधालाई साबुनले धोएर गाई बनाउनुजस्तै हो मधेसी दललाई मधेसको रुपान्तरणको मुद्दामा आन्दोलनमा ल्याउनु।’

0 comments

Write Down Your Responses

Powered by Blogger.