यौन जिज्ञासा र समाधान !

यौनसम्पर्क गर्दा भगांकुरमा टच हुँदैन। भगांकुर ठूलो पार्न वा इमोसनमा आउन के गर्नुपर्छ ? 

९१४३५

तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले भगांकुर के हो र यसको संरचना कस्तो हुन्छ तथा यो कसरी उत्तेजित हुन्छ भन्ने कुरा गरौं। 

भगांकुरको संरचना

'भग' तथा 'अंकुर' यी दुई शब्दले बनेको हो, जसले सामान्य रूपमा भगको अंकुर भन्ने अर्थ दिन्छ। अंग्रजीमा यसलाई clitoris भनिन्छ। यसका लागि नेपाली जनजिब्रोमा अन्य अनेक शब्दको प्रयोग भएको पाइन्छ। 

महिलाहरूको यौनअङ्ग अलि भित्रतिर हुने भएकाले होला, कतिपय महिलाले पुरुषको दाँजोमा आफ्ना यौन अङ्गहरूलाई राम्रोसँग नियालेर हेरेका हुँदैनन्। आफ्नै अङ्गका बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो। प्रत्यक्ष रूपमा योनिलाई नै महिला यौनअङ्ग मानिए पनि अन्य कतिपय अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील हुन्छन्। त्यसमध्ये भगांकुर प्रमुख हो। 

महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा छालाका दुई पत्र एक-अर्कामा टाँसिए जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं र यसैको भित्रतिर नै अन्य अङ्ग हुन्छन्। महिलाहरूमा यही भगको माथिपट्टि बोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ, जसले यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। यौनाङ्ग क्षेत्रको उक्त भागलाई अंगे्रजीमा mons pubis (मोन्स प्युबिस) भनिन्छ। युवतीको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा योनिद्वारजस्ता विभिन्न अङ्ग देख्न सकिन्छ।

भगक्षेत्रको दायाँ र बायाँ बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन्, जसलाई हामी ठूलो भगोष्ठ भन्छौं र त्यसलाई बाहिरतिर फर्काइयो भने दुवैतिर एक-एक गरेर दुई साना भगोष्ठ देख्न सकिन्छ। यही साना भगोष्ठले भित्री भगक्षेत्रलाइ छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गर्छ। यी ठूला तथा साना भगोष्ठका छेउ, माथि र तलतिर एक-अर्कामा जोडिएको हुन्छ। यही भगोष्ठ जोडिएको स्थानमै भगांकुर हुन्छ। महिलालाई यौन सुख दिनु नै एकमात्र कार्य भएको देखिन्छ।

भगांकुरको टुप्पोलाई पनि पुरुषको जस्तै अंग्रेजीमा glans (ग्ल्यान्स) नै भनिन्छ। व्यक्ति-व्यक्तिअनुसार यसको आकार फरक-फरक हुनसक्छ, तर सामान्यतः यसको आकार केराउको दानाजत्रो हुन्छ। यसको shaft (साफ्ट) भने शरीरसँग जोडिएको हुन्छ। भगांकुरलाई छालाको एक पत्रले छोपेको हुन्छ, जसलाई clitoral hood (क्लाइटोरल हुड) भनिन्छ। भगांकुर glans (ग्ल्यान्स) अति नै यौन संवेदनशील हुन्छ र स्पर्श गर्दा वा यौन उत्तेजनाका बेला आकारमा तुलनात्मक रूपमा निकै सानो हुने भए पनि पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ। दुःखको कुरा कतिपय व्यक्तिलाई यो अङ्गका बारेमा राम्रोसँग थाहा हुँदैन।

भगांकुरलाई ठूलो पार्न के गर्नुपर्ला ?

पुरुषको लिङ्ग सानो भयो भन्ठानेर लिङ्गलाई ठूलो पार्ने कुराको चर्चा भए पनि भगांकुरलाई शारीरिक रूपमा स्थायी रूपले ठूलो बनाउने कुराको विरलै चर्चा हुन्छ। स्थायी प्रभावका बारेमा यसै भन्न नसकिए पनि पम्प वा हार्मोनको प्रयोगले भगांकुरलाई बढाउन सकिन्छ भनेर त्यसको प्रयोग गरिएको पाइन्छ, तर मुख्य कुरा तपाईं किन यसलाई ठुलो बनाउन चाहनुहुन्छ भन्ने कुरामा स्पष्ट हुनु आवश्यक छ। अध्ययनहरूले ठूलो भगांकुर हुँदैमा यौनसुख बढी प्राप्त हुन्छ भन्ने सोचमा सत्यता नभएको देखाएका छन्। महिला यौन उत्तेजित हुँदा लिङ्ग उत्तेजित भएजस्तै भगांकुर पनि उत्तेजित हुन्छ अर्थात् ठूलो हुन्छ। यसको आकार सानो भएको तथा भगोष्ठको कुनामा भएकाले कतिपयलाई ती परिवर्तन स्पष्ट नहुन सक्छ। 

इमोसनमा आउन के गर्नुपर्ला ?

इमोसन भन्नाले तपाईंले उत्तेजनामा आउन के गर्नुपर्ला भनेर सोध्नुभएको हो कि यौन चरमसुख प्राप्त गर्न के गर्नुपर्ला भनेर सोध्नुभएको हो स्पष्ट भएन, तर पनि केही प्रमुख कुराको चर्चा गरौं। 

यौनइच्छा तथा यौन उत्तेजनालाई प्रभावित तुुल्याउने हार्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्त्वपूर्ण भूमिका हुन्छ। यौन परिकल्पना, भावना तथा सोचहरू विशेष गरेर मस्तिष्कवाट नै प्रस्फुटन हुन्छ। यौनअङ्ग होस् वा अन्य इन्दि्रय, त्यस्ता स्रोतबाट प्राप्त उत्तेजनाहरू मस्तिष्कमा नै एकीकृत गरिने तथा बुझिने गरिन्छ र यसको अभावमा मानव यौन प्रतिक्रिया चक्र (उत्तेजनादेखि चरमसुख सम्मको) पूरा हुँदैन। कुनै पनि अङ्गबाट आएका यौन सन्देशलाई मस्तिष्कले ठीक तरिकाले अर्थ लगाएपछि मात्र त्यसले यौन उत्तेजनाका रूपमा कार्य गर्छ र हामी उत्तेजित भएको महसुस गर्छाैं। यसरी यौन उत्तेजना हुन थालेपछि त्यसलाई निरन्तरता दिन सकिए प्लेटो चरण हुँदै चरमसुखसम्म पुग्न सकिन्छ।

पुरुष माथि रहेर यौनसम्पर्क गर्दा भगांकुरलाई स्पर्श गरे पनि आवश्यक रूपमा घर्षण नगर्ने हुँदा महिलाको यौनचरमसुख प्राप्तिमा खासै सहयोग मिल्दैन। महिला माथि बसेर यौनसम्पर्क गर्दा महिलाले भगांकुरमा घर्षण हुने गरी शरीरलाई चलाउन सक्छिन्। अर्कातिर प्रत्यक्ष रूपमा आफ्नो यौनसाथी वा आफैंले भगांकुरलाई चलाएर वा घर्षण गरेर यौन उत्तेजना मात्र होइन, यौन चरमसुख समेत सहज रूपमा प्राप्त गर्न सकिन्छ। आफैंले गर्दा आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ। यसलाई यसरी नै चलाउनुपर्छ वा घर्षण गर्नुपर्छ भन्ने कुनै एक तरिका भने छैन अर्थात् आफूलाई मन पर्ने कुनै पनि तरिकाले यसलाई चलाउन सकिन्छ। चलाउने वा घर्षण गर्ने देखिबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुले थिच्नेजस्ता अनेक उपाय अपनाउन सकिन्छ। पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने कुराका रूपमा लिएका छन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.