भोट नदिएको भन्दै कुटपिट


१० मंसिर, लहान । सिरहाको दक्षिणी भारतीय सीमासँग जोडिएको कचनारी गाविस-२ मा आफूलाई भोट नदिएको भन्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट साइकल छापका क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवारको समूहले गाउँलेलाई कुटपिट गरेका छन् । तीन दिनअघि मङ्सिर ८ गते राति सोही गाउँका बासिन्दा समेत रहेका अशोककुमार यादवसहित आठ जनाको समूहले कचनारी- २ नरगी टोलमा भोट नदिने भन्दै कुटपिट गरेको गाउँलेले बताएका छन् । उक्त समूहको कुटपिटबाट स्थानीय ४५ वर्षीय मो. इसाक गम्भीर घाइते भएका छन् भने अर्का मो. अलाउद्दीनलाई पनि निर्घात कुटपिट गरेको छ । ‘बाटोमै आक्रमण गर्ने डरले उपचार गर्न समेत जान सकेका छैनौ इसाकले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले घटनाबारे आफूलाई थाहा नभएको बताउँदै तत्काल मातहतको प्रहरीलाई परिचालन गर्ने उल्लेख गर्नुभयो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.