ब्राजिलमा बालबेश्यावृत्तिको डरलाग्दो तस्वीर

युनिसेफको आँकडालाई मान्ने हो भने ब्राजिलमा २ लाख ५० हजार बालिका बेश्यावृत्तिमा लिप्त छन् । बेलायती पत्रकार म्याट रोपर ल्याटिनले ब्राजिलको बाल बेश्यावृत्तिको डरलाग्दो तस्वीर बाहिर ल्याएका छन् ।
उनका अनुसार सानो उमेरका किशोरीहरुलाई यौनका लागि विक्री गरिन्छ । बाल बेश्याबृत्ति सबैभन्दा धेरै राजमार्ग अर्थात हाईवेमा देखिएको छ । छानविनका क्रममा म्याटले रियो दि जेनेरियो र फोर्टालेजालाई जोड्ने २७ सय माइल लामो हाईवेको यात्रा गरेका थिए, जसले उनको जीवन नै परिर्वतन गरिदियो ।
उनले भनेका छन्-उनी हल्का निलो शर्ट डे्रेस लगाएर बाटो छेउमा उभिएकी थिइन् । एक युवती रातको १:३० बजे ग्राहक खोजिरहेकी थिइन् । उनको बाध्यता र पीडा तपाई बुझ्नसक्नुहुन्छ ।’ ११ वर्षकी उनले ट्रक ड्राइभरलाई यौन सम्वन्ध राख्ने गरेको बताएकी छिन् । म्याकसँगको कुराकानीमा लिली नाम गरेकी उनले भनेकी छिन्-काम सकिनासाथ मलाई गाडीबाट बाहिर निकाल्छन् । कहिले राम्ररी जान दिन्छन् त कहिले कच्ची सडकमा धेकेलिदिन्छन् । तर, म आफूलाई कम मूल्यमा बेच्दिन । म उनीहरुसँग एक पटकमा १० पाउण्ड लिन्छु ।’
लिलीसँगको भेटपछि म्याटले बाल बेश्यावृत्तिको अध्ययनमा लागे र वेश्यावृत्तिमा फसेका बालिकाहरुको बारेमा कयौं लेख लेखे । म्याटका अनुसार हाईवे आसपासमा भेटियो किशोरीहरुको उमेर ८/९ वर्षसम्म हुन्छ । उनीहरुको न्यूनतम शुल्क ८ पाउण्डसम्म हुने गरेको छ । आफूले पाएको ब्राजिलसरकारको एक रिपोर्ट अनुसार हाईवेमा २ सय ६२ स्थानमा कम उमेरका युवतीहरु यौन पेशामा लागेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.