सरकारको नेतृत्व लिन कांग्रेसलाई एमालेको प्रस्ताव

सरकारको नेतृत्व लिन कांग्रेसलाई एमालेको प्रस्तावकोइराला र खनाल भेटः
काठमाडौं, मंसिर १४ । नेकपा एमालेले नयाँ सरकारको नेतृत्व लिन नेपाली कांग्रेसलाई प्रस्ताव गरेको छ । आज कांग्रेस सभापति सुशील कोइरालालाई भेटेर एमाले अध्यक्ष झलनाथ खनालले ठूलो दलको हैसियतमा सरकारको नेतृत्व लिने गरी पहल थाल्न आग्रह गरेका हुन् ।
कोइराला निवास महाराजगञ्जमा भएको छलफलमा एमाले अध्यक्ष खनालले ठूलो दलको हैसियतमा सबै दललाई समेटेर सरकारको नेतृत्व लिने गरी पहल थाल्न सभापति कोइरालालाई आग्रह गरेका थिए ।

दुई नेताबीच एक वर्षभित्रै संविधान जारी गर्ने गरी काम अघि बढाउने विषयमा पनि छलफल भएको थियो ।

छलफलमा कांग्रेस सभापति कोइरालाले सबै दलबीच सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.