शिशु जन्माएर फाल्ने किशोरी पक्राउ

रामेछाप, मंसिर १४  –शिशु जन्माएर फाल्ने एक किशोरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
बच्चा जन्मेपछि बारीमा छाडेर हिड्ने प्रिती गाविसकी १७ बर्षकी किशोरी (नाम गोप्य राखिएको) लाई गाउँलेको सहयोगमा प्रहरीले पक्रेको हो । बुधबार दिउँसो उनले आफ्नो घर नजिकैको बारीमा शिशु जन्माएकी थिइन् ।
गोठालो गएका गाउँलेले शिशुलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नवजात शिशुलाई उद्दार गरी स्थानीय स्वास्थ्य चौकीमा पु¥याएपनि बिहीबार विहान ज्यान गएको छ । किशोरीलाई पक्रेर गर्भ कसको भन्ने बारे खोजी सुरु गरिएकाप्रहरी उपरीक्षक राजेन्द्र थापाले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.