बाघले आफ्नै प्रशिक्षकलाई अस्पताल पुर्‍यायो

बाघलाई तालिम दिनु जति साहसिक हो, त्यति नै जोखिमपूर्ण पनि । यसको अनुमान तपाई तलको तस्वीरहरुबाट पनि लगाउन सक्नुहुन्छ ।
David-Styles३० वर्षीय बाघ प्रशिक्षक डेविड अष्ट्रेलियाको स्टीव चिडियाखनामा प्रशिक्षण दिने क्रममा आक्रमणमा परेका हुन् । मंगलबार अपराहृन तालिम दिने क्रममा बाघले आक्रमण गरेको थियो । प्ले सेसनका क्रममा उनी एक बाघलाई तालिम दिइरहेका थिए, अचानक रिसाएको बाघ उनीमाथि झम्टियो ।
नजिकै रहेका डेविडका साथीहरुले आक्रमण रोकोस् भनेर बाघमाथि लाठी बर्साए, तर बाघले छाडेन । बाघ र चिडिया खानाका कर्मचारीहरुबीच लामै समय संघर्ष चल्यो ।
कर्मचारीहरु बाघमाथि ठूला ठूला लाठी बर्साइरहेका थिए भने बाघ डेविडलाई जोडले आक्रमण गरिरहेको थियो । बाघको आक्रमणका कारण डेविडको घाटीमा गम्भीर चोट लागेको छ । घटना लगतै एम्बुलेन्स बोलाइएको थियो । उनलाई पछि हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको थियो ।
David-Styles-1
 

0 comments

Write Down Your Responses

Powered by Blogger.