प्रतिपक्षमा बस्ने राप्रपा नेपालको घोषणा
१४ मंसिर, काठमाडौं । संविधानसभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रतिपक्षमा बस्ने भएको छ । सबैभन्दा ठलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनको प्रयास गरिरहेका बेला कमल थापा नेतृत्वको राप्रपा नेपालले सरकारमा नजाने बताएको हो ।

राप्रपा नेपालका अध्यक्ष थापाले नयाँ
जनादेश अनुसार राष्ट्रपति, उपराष्ट्रपतिसहितका संवैधानिक निकायको नयाँ
निर्वाचन गर्न समेत माग गर्नु भएको छ । साथै हैसियत अनुसार दलहरुबीच पद
बाँडभाड हुनु पर्ने भन्दै उहाँले पाँच मध्ये एक पदमा पार्टीको दावेदारी
प्रस्तुत गर्नुभयो ।
प्रत्यक्षतर्फ आफ्नो पार्टीका उम्मेदवाहरु
हारेको तर एजेण्डाले जितेको भन्दै उहाँले संविधानसभामा शसत्त र रचनात्मक
भूमिका खेल्ने बताउनुभयो । अघिल्लो संविधानसभाले गरेका निर्णयहरु स्वीकार्य
नहुने भन्दै उहाँले भन्नुभयो-’मृत्युवरण गरेको संविधानसभाको विरासता बोक्न
सक्दैन, पहिलो दिनबाटै हरेक विषयमा नयाँ शिराबाट बहस प्रारम्भ हुन्छ ।’
जनताले ०६२/०६३ आन्दोलनको बैचारिक अतिवाद र शक्तिलाई पनि कमजोर पारेको र
आफूहरुलाई पनि बहुमत नदिएको भन्दै उहाँले मध्यमार्गी वैचारिक मागचित्र
अनुसार अघि बढ्नु पर्ने बताउनुभयो । संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र
र सनातन हिन्दु राष्ट्रको एजेण्डामा पनि सम्झौता हुन्छ भन्ने प्रश्नमा
उहाँले भन्नुभयो-अहिले हामी हाम्रो एजेण्डामा प्रतिवद्ध छौं । तर, संविधान
निर्माणमा सहमति र सम्झौताको पक्षमा छौं ।’
राप्रपा नेपालले संविधानसभा निर्वाचनमा
गम्भीर विकृति र विसंगती देखिएको भन्दै छानविनको माग गरेको छ । पैसाले मत
किनेको देखि मत पेटिका संकलन, व्यवस्थापन र गणनामा लापर्वाही भएको र यसले
गम्भीर आशंका उब्जाएको भन्दै राप्रपा नेपालका अध्यक्ष थापाले आगामी दिनमा
यस्तो हुन नदिन संसदबाट सर्वदलीय समिति गठन गर्न समेत गर्नु भएको छ ।
प्रत्यक्षमा भन्दा समानुपातितकमा ९ लाख ५७ हजार मत बढी देखिएको भन्दै
उहाँले प्रष्ट पार्न निर्वाचन आयोगसँग माग गर्नुभयो ।
अध्यक्ष थापाले राष्ट्रपति, उपराष्ट्रपतिसहितका संवैधानिक पद र अन्य अंगहरुमा नियुक्तिप्रकृया नयाँ निर्वाचनपछि अघि बढाउनुपर्ने बताउनुभयो ।
0 comments
Write Down Your Responses