पुरानो बसपार्क र बागबजारमा खाँदा होसियार होऔं

१४ मंसिर, काठमाडौं । यदि तपाई पुरानो वसपार्क तथा वागवजार आसपासमा खाना तथा खाजा खाँदै हुनुहुन्छ भने सचेत रहनुहोला । कतै तपाइलाई फोहोर तथा सडेको खाना त खुवाइदै छैन । वसपार्क तथा वागवजारका रेष्टुरेन्ट, फास्टफुड तथा मिठाई पसलमा फोहोर तथा सडेगलेको खाना खुवाउने गरेको भेटिएको छ ।

वाणिज्य विभागले शुक्रबार गरेको छड्के अनुगमनका क्रममा यस क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट, फस्टफुड र होटलहरुमा फोहोर तथा सडेको खाना खुवाउने गरेको फेला परेको हो । विभागले परानो बसपार्कस्थित स्वीट्स एण्ड फस्ट फूड, श्री लुम्विनी तन्दुरी भोजनालय, रामेछाप कार्की होटल र बागबजारस्थित विश्वनाथ भण्डार, ओम जय जगदिश स्वीट्स हाउस र विमला स्वीट्स एण्ड चाट हाउसमा छड्के अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा सिटी स्वीट्सबाट सडेका ३ किलो मिठाई र २ सय ग्रामको भुजिया भेटिएपछि त्यसलाई नष्ट गरिएको छ । लुम्विनी तन्दुरी भोजनालयको भान्छा कोठामा भाँडा माझ्ने गरेको फेला परेको छ भने रामेछाप कार्की होटल पनि फोहोर भेटिएको छ ।
विश्वनाथ, ओम जय जगदिश र विमला होटलमा पनि अत्यन्त फोहोर भेटिनुका साथैसडेका खानेकुरा बिक्रीमा राखेको भेटिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.