चुनावका कारण ईंटा भट्टामा कामदारको अभाव


भक्तपुर, मंसिर १४ – संविधान सभा चुनावका कारण यो वर्ष भक्तपुरका ईंटा भट्टामा कामदारको अभाव भएको छ । गएका वर्षहरुमा कात्तिकदेखि कामदार आउने भएपनि योवर्ष चुनावका कारण कामदार नआउँदा समस्या भएको हो । भक्तपुरमा बाहिरका जिल्लाबाट कामदार आउन ढिलाइ हुँदा ईंटा उत्पादननै प्रभावित हुने व्यवसायीले बताएका छन् । ईंटा उत्पादन प्रभावित हुँदा यो वर्ष ईंटाको भाउ बढ्न सक्ने उनीहरुको भनाइ छ । ‘पहिले पहिले मंसिरको पहिलो सातादेखि नै ईंटा उत्पादन सुरु हुन्थ्यो, यसपाली भर्खरै कामदार आउन थालेका छन् ।’ भक्तपुर ईंटा व्यावसायी संघका अध्यक्ष विश्वराम कवाँले भन्नुभयो, ‘ यसले ईंटा उत्पादन प्रभावित हुने भएको छ ।’ उहाँले दशैं अघि नै पैसा लिएर हिँडेका कामदारले समेत भोट हालेर मात्रै फर्कने बताएपछि उत्पादन प्रभावित हुने बताउनुभयो । भक्तपुरमा ६२ वटा ईंटा भट्टा संचालन रहेका छन् । भक्तपुरमा यो वर्ष ३५ करोड रुपैयाँको ईंटा उत्पादन हुने अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.