क्रिकेट खेलाडीलाई जनही १० लाख दिने सरकारको निर्णय

१७ मंसिर, काठमाडौं । सरकारले ट्वान्टी-२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही १० लाख रुपैयाँ दिने भएकोृ छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १५ खेलाडीलाई जनही १० लाख, प्रशिक्षकलाई ५ लाख र व्यवस्थापन समूहलाई साढे ३ लाख दिने निर्णय गरेको हो । बैठकले विश्वकप क्रिकेटको तयारीको कार्ययोजना पेश गर्न खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ ।

यूएईमा भएको विश्वकप छनोटमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले अर्को वर्ष बंगलादेशमा हुने विश्वकपमा स्थान पक्का गरेको थियो । लगतै राष्ट्रिय खेलकुद परिषद्ले नेपाली टोलीका खेलाडीलाई जनही १० लाख दिन मन्त्रालयमार्फत सरकारलाई सिफारिस गरेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.