यौन जिज्ञासा र समाधान !

म ३२ वर्षको पुरुष हुँ। बाहिरबाट म सामाजिक एवं आर्थिक रूपमा सम्पन्न व्यक्ति हुँ। मेरी ३० वर्षीया श्रीमती छिन्। हाम्रो विवाह भएको तीन वर्ष भयो। अहिलेसम्म हाम्रो सन्तान भएको छैन। दुई वर्षसम्मको यौनसम्बन्धको कुरा गर्ने हो भने पूर्ण सन्तुष्टि थियो, तर अहिले उनी मसँग रिसाउँछिन्, यौनसम्पर्कका बेला र्झकन्छिन्, मन छैन भन्छिन्। म यौनसम्पर्क राख्न रुचाउँछु अनि उनलाई निक्कै माया पनि गर्छु। यस्तो समस्या उनलाई यौनसम्पर्क गर्न इच्छा नभएर उत्पन्न भएको हो कि यो कुनै चिकित्सकीय कारणले हो वा उनको अन्य कुनै व्यक्तिसँगको सम्बन्धले हो ? म निकै दुविधामा छु। यो पीडा हटाउने केही उपाय छ कि ?

जेपीजी

तपाईंको प्रश्न पढ्दा तपाईंकी श्रीमातीमा यौनचाहना कम छ भन्ने बुझिन्छ। यद्यपि उहाँको रुचि समयअनुसार कम हुँदै गएको हो अथवा पहिलेदेखि नै कम थियो भन्ने कुरा प्रस्टसँग भन्न सकिँदैन। तपाईंले पनि यस विषयमा विस्तृत रूपमा केही लेख्नुभएको छैन। 

उहाँको रुचि समयअनुसार कम हुँदै गएको हो भने सबैभन्दा पहिले त्यसको कारण पत्ता लगाउनु आवश्यक हुन्छ। किनभने यस्ता समस्याका स्रोत धेरै हुन सक्छन्। अहिले तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि त्यो पनि प्रस्ट हुनु आवश्यक छ। प्रश्न पढ्दा तपाईंहरूबीच एक-अर्काप्रतिको सम्मानमा पनि कमी आउन थालेको अनुमान गर्न सकिन्छ। एक-अर्काप्रतिको आकर्षणमा कमी वा परपुरुषसँगको सम्बन्धले पनि यस्तो समस्या निम्त्याउन सक्छ। अथवा भनौं मानसिक तनावका धेरै स्रोत हुन सक्छन्। समस्या समाधानका लागि तिनीहरूका बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजमा धेरै मानिस दम्पतीबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, समाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिमा ध्यान दिन्छन्। प्रेमपूर्ण संवाद, एक-अर्काप्रति व्यक्त गरिने आदर, सम्मान तथा यौनसम्बन्धलाई भने त्यति महत्त्व दिइएको पाइँदैन। एक-अर्कालाई राम्रोसँग बु√ने प्रयास नगर्दा पारिवारिक असन्तुष्टि एवं कलहमा वृद्धि हुन्छ। त्यसले यौनसम्बन्धमा पनि प्रत्यक्ष असर पुर्‍याउँछ। तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ। 

यौन चाहना प्राकृतिक कुरा मात्र नभै यो मनोवैज्ञानिक विषय पनि हो। चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्नेमा दुई जनाबीचको गुणस्तरीय संवाद गर्ने सीप सबैभन्दा महत्त्वपूर्ण हुन्छ। जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीं यौनका बारेमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुन्छ। विवाहपछिको यौनसम्बन्धका बारेमा विभिन्न अध्ययन भएका छन्, ती अध्ययनअनुसार लगभग ८० प्रतिशत विवाहको दुईदेखि तीन वर्षको अवधिसम्म एक-अर्काप्रतिको आकर्षण, रमाइलोपन कायम रहने अवस्था हो। तपाइर्ंकी श्रीमतीमा यौन निष्त्रिmयतासम्बन्धी कुनै समस्या पनि हुन सक्छ। त्यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंमा बढी यौनचाहना छ र तपाइर्ंकी श्रीमतीमा कम छ भने त्यसलाई अस्वाभाविक भन्न मिल्दैन। किनभने हरेक व्यक्तिको यौनइच्छा फरक-फरक हुन्छ। यौनचाहना घटीबेसी छ भने दुई व्यक्तिको यौनइच्छाको भिन्नताका बारेमा बुझ्नु आवश्यक हुन्छ। कोही दैनिक यौनइच्छा व्यक्त गर्छन् भने कोही महिनामा एक-दुई पटक। तपाईंहरू दुवैले कहिलेकाहीं हुने र सधैं हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन। तपाईंकी श्रीमतीमा कुनै खराबी छ भनेर सोच्नु्भन्दा तपाईंहरू दुवैको यौनइच्छा फरक छ भनेर बु√नु र कसरी एक-अर्काको यौनचाहनालाई सम्मान गर्ने भनेर सोच्नु उचित हुन्छ। तपाइर्ंहरूले एक-अर्कालाई दोष लगाउँदा विभिन्न समस्या सिर्जना हुनसक्छ र तपाईंको सम्बन्ध थप जटिल बन्दै जान्छ। आफ्नी श्रीमती जसको यौनइच्छा कम छ उसलाई दबाब दिनुभन्दा एक-अर्काप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ। दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ। त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हाँसखेल गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने, गुणस्तरीय लुब्रिकेन्ट्स प्रयोग गर्ने, एक-अर्काको शरीर एवं भावना बुझ्न प्रयास गर्ने आदि कामहरू गर्नुहोस्। एक अर्काको शरीरलाई बाहिरबाट हरेक दिन नजिकबाट नियाल्नु, प्रशंसा गर्नु पनि राम्रो उपाय हो। 

हरेक व्यक्तिले बुझ्नैपर्ने कुरा के हो भने उनले आफूलाई समयअनुसार समायोजन गर्दै लगेका छन् कि छैनन् ? मेरो अध्ययन र अनुभवमा मानिसको जीवनमा शारीरिक सम्पर्क मात्र महत्त्वपूर्ण कुरा होइन। यससँग जोडिएका धेरै पक्ष छन्। सम्पर्कअघि सुमसुम्याउने, चुम्बन गर्ने, भावनात्मक हुने, प्रेम भावना साटासाट आदि यौनका अभिन्न पक्ष हुन्। यसका लागि सम्बन्धका नियमित क्रियाकलाप परिवर्तन गर्नुपर्ने हुनसक्छ। यौनजीवनलाई आनन्दित बनाउनु, प्रफुल्लित रहनु, एक-अर्कालाई अझ बढी माया गर्नु, हिँडडुलबाट शारीरिक तथा मानसिक स्वास्थ्यस्थिति तन्दुरुस्त राख्नु, आधुनिक बन्दै जानु, नयाँ-नयाँ सोचविचार ल्याउनु तथा छलफल गर्नु, यौनका कुरा गर्नु, रमाइलो कल्पना गर्नु, पर्याप्त समय लिएर रात्रिभोजन वा मनोरञ्जन प्राप्त हुने ठाउँमा जानु, धेरै लजालु नबन्नु र इमान्दार रहनु यौनजीवन फलदायी बनाउने उपाय हुन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.