समाचार,
समाज
»
जनताको ६ करोड ठगेर भागेका व्यक्तिलाई कांग्रेसले उम्मेदवार बनायो
जनताको ६ करोड ठगेर भागेका व्यक्तिलाई कांग्रेसले उम्मेदवार बनायो
१३ असोज, काठमाण्डौं । सेयरधनी र डिपोजिटरको साढे ६ करोड रुपैयाँ ठगेर भागेका काठमाण्डौं सिनामंगलस्थित युगदर्शन बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष नरेशकुमार श्रेष्ठ संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारको दौडमा छन् ।
सभापति सुशील कोइरालासँग राम्रो सम्बन्ध बनाएका श्रेष्ठलाई खोटाङ क्षेत्र नम्बर १ को टिकट दिने तयारी भएको छ । श्रेष्ठ विरुद्ध ठगी र भ्रष्टाचारको अभियोगमा शुक्रबार अख्तियारले दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । १२६२५ नम्बरमा अख्तियारले श्रेष्ठ विरुद्धको उजुरी दर्ता गरिसकेको छ । ठगीको अभियोगमा श्रेष्ठ विरुद्ध पीडितहरुले आइतबार महानगरीय प्रहरी कार्यालय हनुमानढोकामा पनि उजुरी दिने भएको कमाण्डर पोष्टमा खबर छ ।
ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेतका म्यानेजर राजेश श्रेष्ठसँग सम्बन्ध बनाएका उनले युगआदर्श सहकारीको नाममा किर्ते गरी विभिन्न ठाउँमा रहेका सहकारीका जग्गा पनि बिक्री गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।
0 comments
Write Down Your Responses