बोनस फिर्ता गर्न आयल निगमका कर्मचारी तयार
उनीहरुले कानुनी उपचारमार्फत समस्याको समाधान खोज्ने जानकारी दिँदै बोनस वितरणकै कारण गिरफ्तार गरिएका आफ्ना अधिकृतहरुलाई रिहा गरे फिर्ता गर्ने प्रतिवद्धता जनाएका हुन् ।
‘बोनस खुवाएकै कारण गिरफ्तार गरिएकाले हामीले बोनस खानु उचित लागेन,’ निगमका तीन कर्मचारी संगठनले संुयक्त रुपमा अख्तियारलाई बिहीबार पठाएको पत्रमा उल्लेख छ, ‘उहाँहरु रिहा हुनुहुन्छ भने बोनस रकम फिर्ता गर्ने प्रतिबर्द्धता जाहेर गर्दछौं ।’
आयल निगम सञ्चित घाटामा रहे पनि आर्थिक वर्ष २०६५/६६ मा कमाएको नाफाबाट १९ करोड ८८ लाख रुपैयाँ बोनसका लागि व्यवस्था गरेको थियो ।

0 comments
Write Down Your Responses