दुई लाख नेपाली युवा लागुऔषध प्रयोगकर्ता, डेढ लाखले छाड्नै नसक्ने


नेपालका एक लाख ८५ हजार युवा लागुऔषध प्रयोगकर्ता रहेको पाइएको छ । तीमध्ये झन्डै एकलाख ५० हजार प्रयोगकर्ता लागुऔषध छाड्नै नसक्ने अवस्थामा रहेको बताइएको छ । लागुऔषध प्रयोगकर्ताहरुको सुधार तथा पुनस्थापना कार्यमा सञ्चालित संस्था नार्कोनन् नेपालले हालै गरेको अध्ययन अनुसार छाड्नै नसक्ने अवस्थाका प्रयोगकर्तामध्ये झन्डै २६ हजार युवती रहेको पाइएको छ ।
तर, समाज तथा परिवारको डरले युवती सुधारगृहमा आएर उपचार हुन नसकेको समते जनाइएको छ । अन्तर्राष्ट्रिय नार्कोनन् दक्षिण एसियाली संयोजक बसन्तराज कुँवरले नेपालमा १४ देखि १८ वर्ष उमेरसमूहका किशोरकिशोरी लागूऔषध दुव्र्यसनमा फस्ने गरेको बताएको नयाँ पत्रिकामा खबर छ । प्रयोगकर्ताहरुले चुरोट, गाँजा, ब्रोफिन, नोफिन, डाइजापाम, फेनार्बोन, हेरोइन, लुपिजहरु लागुऔषधको रुपमा प्रयोग गर्दै आएका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.