युएर्इमा एक नेपाली कामदारको मृत्यु
१३ असोज, अवुधावी । रोजगारीका लागि युएर्इ पुगेका एक नेपालीको ज्यान गएको छ । युएईको दुबईमा गएराती सुतेकै अवस्थामा करिब २ महिना अघि मात्रै दुबई पुगेका दोधारा-२ कञ्चनपुरका करिब २५ बर्षिय धनबहादुर भण्डारीको ज्यान गएको उनीसंगै काम गर्ने सहकर्मी सुवास शर्माले जानकारी दिनुभएको छ । दुबईको अल्जावर सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत भण्डारी हिजो साँझ ड्युटी सकेर कोठामा गई सुतेको र आइतवार बिहान मृत अवस्थामा फेला परेको बताइएको छ । भण्डारीको शव पोष्टमार्टम लागि अस्पतालमा राखिएको जनाइएको छ । मृतक काठमान्डौको सुनौलो मेनपावर इन्टरनेशनल सर्भिसेज प्रालीबाट रोजगारीका लागि युएर्इ पुगेका थिए ।
0 comments
Write Down Your Responses