बोक्सी भन्दै मलमूत्र खुवाउने बैद्य माओवादीका कार्यकर्ता जेल चलान


१२ असोज, महोत्तरी । जिल्ला अदालत महोत्तरीले महिलालाई बोक्सी भन्दै मानव मलमूत्र खुवाएको अभियोगमा एकजनालाई जेल चलान गरेको छ । जेल चलान हुनेमा महोत्तरी जिल्लाको जलेश्वर ४ का बिकरु पासवान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जेल चलान हुने पासवान नेकपा-माओवादी वैद्य समूहका महोत्तरी जिल्ला क्षेत्र नं ३ का सेक्रेटरी र जलेश्वर नगर इन्चार्ज रहेका छन् । पासवानले २०५२ साल जेठ २५ गतेको दिन आफ्नै वडाकी एक सिंह थरकी महिलालाई बोक्सी भन्दै मानव मलमूत्र खुवाएका थिए । पीडितले किटानी मुद्दा गरेपछि जिल्ला प्रशासन, पुनरावेदन अदालत र अन्त्यमा २०५५ साल असार २४ गतेका दिन सर्वोच्च अदालतले निजलाई तीन महिनाको कैद तोकेको थियो । पासवानलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले स्वयम् निजको घरमा गई समातेर जिल्ला अदालतमा बुझाउनुभयो भने अदालतले तुरुन्त पासवानलाई जलेश्वर कारागारमा पठाएको छ । प्रहरीले बोक्सी काण्डमा सजाय पाएका पासवानलाई घटनाको १८ वर्ष र सजाय सुनाइएको १५ वर्षपछि पक्राउ गरी जेल पठाएको हो । रासस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.