शनिबार सरकारी मोटरसाइकल कुदाउँदा च्याप्पै
source:onlinekhabar १२ असोज, काठमाडौं । शनिबार सरकारी विदाको दिन एकाबिहानै सेतो प्लेटको सरकारी मोटरसाइकल लिएर घुम्न निस्किएका एक युवा पुरानो बानेश्वरमा ट्राफिक प्रहरीको फन्दामा परे ।
म सरकारी कर्मचारी हुँ भन्दै उनले सानका
साथ चालक लाइसेन्सभन्द पहिले सरकारी कर्मचारी परिचयपत्र झिकेर देखाए । तर,
ट्राफिक प्रहरीले उनलाई झन् ठूलो आवाजमा सम्झाए-’तपाई आफैं सरकारी कर्मचारी
हुनुहुँदोरहेछ, यसरी सरकारी विदाका दिन एकाबिहानै यसरी सरकारी सम्पत्ति
दुरुपयोग गर्न हुन्छ ?’ तर, विचरा ट्राफिक जतिसुकै कडा भए पनि सरकारी
कर्मचारी किन गल्थे, बा १ ब ८८४९ नम्बरको डिस्कोभर मोटरसाइकलमा चढेका उनले
ट्राफिकलाई घुरेर हेर्न थाले ।
सार्वजनिक विदाका दिन यसरी सरकारी सवारी
साधनहरुको दुरुपयोग सामान्यजस्तै बन्दै गएको छ । चारपांग्रे सरकारी गाडीमा
परिवारका सदस्यहरु राखेर विदाका दिन आफन्त भेट्न जानु राजधानीमा त सामान्य
मानिन्छ भने अरु जिल्लाको हालत के होला ? यसरी सरकारी साधनको दुरुपयोग
व्यापक भए पनि अख्तियारले समेत यतातिर चासो दिएको छैन ।
दशैंको लामो विदा आउन लागेका बेला सरकारी
सवारी सधनमको दुरुपयोग बढ्न सक्ने कुरा विगतका घटनाक्रमले स्पष्टै पारेका
छन् । तर, पुरानो वानेश्वरमा शनिबार विहान खटिएका यी ट्राफिक जवानजस्तै
सबैले कडाइ गरिदिने हो भने सरकारी सम्पत्तिको दुरुपयोग रोकिने थियो कि ?
धन्यवाद छ यी ट्राफिकलाई ।
0 comments
Write Down Your Responses