१ सय २० घण्टासम्म बाघको घेराउमा शिकारीहरु
बाघ जोगाउने अभियानको तपाईको प्रत्यक्ष सहभागीता कति होला ? प्रत्यक्ष सहभागी नभए पनि बाघ बचाउनु पर्छ भनेर तपाईले पक्कै समर्थन जनाउनु भएको होला। तर एक छिन सोच्नुस, यदि कतै तपाईको बाघसँग अकस्मात आमनेसामने भयो भने तपाईको प्रतिकृया के हुन्छ? त्यस निमेशको क्षणमा तपाईको दिमागमा के के कुरा खेल्छ होला, शायद बाघ मरोस् भने भगवान सँग गुरार्नु हुन्छ कि या फेरी कहिले पनि बाघ बचाउने अमियानमा भाग नदिने संकल्प गर्नु हुन्छ होला।
तर एउटा सत्य कुरा के हो भने जनावर भित्र पनि माया, प्रेम हुन्छ भन्ने कुरा हामीले देखेको, पढेको वा सुनेको त पक्कै छ। कुनै कारण विना जनवारले पनि मानिसलाई हानी नोक्सानी गर्दैन। इन्डोनेशियाको एउटा माउन्ट ल्यूसर नेशनल पार्कमा पनि यस्तै घटना भएको छ जुन तपाई हामीलाई अचम्म लाग्न सक्छ।
इन्डोनेशियाको सुमात्रा दिपमा माउन्ट ल्यूसर नेशनल पार्कको जंगलमा ६ जनाको टोली मृग शिकारको लागि गएका थिए। शिकारको क्रममा उनिहरुले एउटा बाघको बच्चा (डम्बरु)लाई पनि मारे। त्यही रिसले बाघको जमातले ति मानिसहरुको टोलीमा हमला गरेर एक सदस्यलाई त्यहि क्षण मारे र अरु पाँच जना भने भाग्ने क्रममा रुखको हाँगामा झुन्डिएर ज्यान जोगाउन सफल भए। केही घण्टामा बाघ त्यहाबाट जान्छ भने आसमा ति शिकारी हाँगामा बसेका थिए तर त्यो पर्खाई १ सय २० घण्टा (पाँच दिन) सम्म पुग्यो। पुरै पाँच दिनसम्म पनि बाघको जमातले आफ्नो सन्तानको हत्यारालाई भोकै प्यासै ढुकेर बसेका थिए। बाघसँग बच्नको लागि ति शिकारीसँग अरु कुनै बाटो थिएन। उनिहरुले फोनबाट सहायता मागे पनि तर पाँच दिन पछि मात्र सरकारी अधिकारीले उनिहरुको उद्धार गरेका थिए।
0 comments
Write Down Your Responses