फेसबुकका भित्ताभरि दलको चुनाबी प्रचार
१२ असोज, काठमाडौं । नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य एवं अनेरास्ववियूका पूर्वअध्यक्ष राजेन्द्रकुमार राईलाई भोजपुर क्षेत्र नं. १ बाट टिकट दिनुपर्ने भन्दै किशोर लम्सालले राईको फेसबुकवालमा यस्तो लेखेका छन्, ‘भोजपुर क्षेत्र नं. १ मा मंसिर ४ को दोस्रो संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट जुझारु एवम् सशक्त युवाका हरेक ढुकढुकीमा धड्कने युवा नेता राजेन्द्र राईको उम्मेद्वारी आवश्यक छ ? छ भने लाइक गरौं तथा अभियानमा लागौं ।’
चुनाव
नजिकिंदै जाँदा योपटक सामाजिक सञ्जालको सक्दो प्रयोग गर्ने प्रयासमा
लागेको नेकपा एमालेले पार्टीकै पहलमा रातोसूर्य डटकम समाचार अनलाइन पनि
सञ्चालनमा ल्याएको छ । पार्टीनिकट पत्रकारहरुले सो अनलाइनमा अहिले पार्टीका
गतिविधि अपडेट गर्दै आएका छन् ।
एमालेले सामाजिक सञ्जालहरु फेसबुक र ट्वीटरलाई भरपूर उपयोग गरेर ‘हाइटेक’ शैलीमा चुनावी प्रचार गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।
कांग्रेसको चराको गीत
नेपाली कांग्रेस काठमाडौं जिल्ला कमिटिले
पनि चुनावी प्रचारलाई आक्रमक बनाउन पार्टीको नाममा फेसबुक एकाउन्ट खोलेको छ
। उसले फेसबुकमा कांग्रेसको पक्षमा लेखिएका विभिन्न नारा, चुनावी पोष्ट र
पार्टीका औपचारिक कार्यक्रमहरुको तस्वीर र चुनाव चिन्ह रुखपोष्ट गरेर
चुनावी प्रचार थालेको छ ।
कांग्रेसको फेसबुकवालमा सुनिल राईले मंसिर ४ को चुनावलाई लक्षित गरी फोटोसहित पोष्ट गरेको एक लाइन कविता यस्तो छ ः
रुखैमाथि चरा हुन्छन्, मीठो संगीत गाउने
थाकेका बटुवा हुन्छन्, रुखै सम्झी आउने
संविधानसभाको चुनावमा भिड्ने तयारीमा
रहेका सबैजसो राजनीतिक दलहरुले चुनाव प्रचारको माध्यम फेसबुकलाई बनाएका छन्
। एकीकृत माओवादीले सबैजसो जिल्ला संगठन समितिको नाममा फेसबुक एकाउन्ट
खोलेर चुनाव प्रचार अभियान अघि बढाइरहेको छ ।
एमाओवादीको चुल्हे निम्तो
एकीकृत नेकपा माओवादीको नाममा खोलिएको
फेसबुकको वालमा एमाओवादी अध्यक्ष प्रचण्डले सम्वोधन गर्दै गरेको फोटोमा
लेखिएको छ, ‘एकीकृत माओवादीलाई भोट हाल्न तपाईंलाई चुल्हे निम्तो ।’
एमाओवादीका नेता कार्यकर्ताले चुनावी प्रचारका लागि फेसबुकका साथै
अनलाइनपत्रिका र समाचार सेवासमेत सञ्चालनमा ल्याइने बताएका छन् ।
फेसबुक अशोक राईको बलियो हतियार
चुनाव तथा आफ्नो राजनीतिक प्रचार
अभियानलाई संघीय समाजवादी पार्टीले अन्य पार्टी भन्दा आक्रमक ढंगले अघि
बढाइरहेको छ । उसले आफ्ना जिल्ला समितिदेखि भातृ संगठनसमेतको फेसबुक
एकाउन्ट खोलेर चुनावी अभियानलाई अघि बढाएको छ । उसले पार्टीका गाउँ
सम्मेलनदेखि अध्यक्ष अशोक राईका गतिविधिसम्म फेसबुकबाट प्रचार गरिरहेको छ ।
देशका विभिन्न जिल्लाका जिल्ला समिति र
भातृ संगठनहरुले खोलेका सामाजिक सञ्जालका एकाउन्टलाई पार्टीले चाँडै
संस्थागत गर्न लागेको संघीय समाजवादी नेपाल पार्टीका केन्द्रीय उप-महासचिव
अजम्बर काङमाङ राईले बताउनुभयो ।
“जातीय पार्टीको आरोप लगाएर मूलधारका
भनिएका केही सञ्चारमाध्यमले हामीलाई बेवास्ता गरेपछि हामी सामाजिक सञ्जालमा
जान बाध्य भएका हौं । सामाजिक सञ्जालको उपयोगले हामी किशोर देखि प्रौढ,
सहर देखि गाउँ र देशदेखि विदेशसम्म पुग्न सफल भएका छौं ।”, काङमाङले
भन्नुभयो, “हामीले सामाजिक सञ्जालबाट सीमा हीन फाइदा लिन सकेका छौं ।”
नेपालमा निस्कने पत्रपत्रिका नपुग्ने
खाडीमुलुकमा समेत राजनीतिक दलहरु सामाजिक सञ्जालमार्फत पुग्न सकेका छन् ।
विदेशमा रहेका करिव ४५ लाख नागरिकलाई पनि मताधिकार दिनुपर्ने माग गर्दै
आएको संघीय समाजवादी पार्टीले सो मुद्दालाई वैदेशिक रोजगारीमा रहेका
युवामाझ पुर्याउन पनि सामाजिक सञ्जालकै उपयोग गरेको सो पार्टीका नेता
बताउँछन् ।
“हामीले देशको संघीयताको खाकादेखि
अर्थनीतिजस्ता मुद्धा पनि सामाजिक सञ्जालबाट उठाइरहेका छौं । अमेरिकासहितका
विकसित देशमा समाचार समेत सबैभन्दा पहिले सामाजिक सञ्जालमा आउन थालेका छन्
।”, “संघीय समाजवादी पार्टीले सामाजिक सञ्जालको उपयोग गर्न थालेपछि
संसारभरी फैलिएका नेपाली दाजुभाइको पनि समर्थन बढिरहेको छ । संविधासभाको
निर्वाचनमा पनि हामी सामाजिक सञ्जाललाई संस्थागत रुपमा प्रयोग गर्ने योजना
बनाउँदैछौं ।” काङमाङले भन्नुभयो ।
कमल थापा पनि के कम ?
देशमा हिन्दू राज्य र राजसंस्था
पुनःस्थापनाको मूख्य मुद्दा उठाउँदै आएको राप्रपा नेपालले समेत फेसबुकलाई
चुनाव प्रचारको माध्यम बनाएको छ । फेसबुकको राप्रपा नेपाल एकाउन्टको वाल
राजतन्त्र र हिन्दूराज्यको समर्थनमा रंगिएका छन् । राप्रपा नेपालका अध्यक्ष
आफैं ट्वीटरमा समेत सक्रियपूर्वक देखिने नेतामा पर्नुहुन्छ ।
राप्रपा नेपालको फेसबुक वालमा चिमरिया शर्मा भीमा लेख्छिन्, ‘चौध अञ्चल पचहत्तर जिल्ला Û
बनाउनुपर्छ, राप्रपा नेपालको लालकिल्ला,
अनिमात्र जोगिन्छ शत्रुबाट हाम्रो देश र जिल्ला ।’
शैली नयाँ तर, दुरुपयोगको खतरा पनि त्यति नै
संविधानसभाको चुनाव नजिकिँदै गर्दा
विभिन्न राजनीतिकले चुनाव प्रचारको प्रमुख माध्यम सामाजिक सञ्जाल फेसबुकलाई
बनाउन थालेका छन् । प्रमुख पार्टीहरु उम्मेद्वारको टुंगो नजिक पुग्नै
लाग्दा सामाजिक सञ्जाल चुनावमय बन्न थालेको छ ।
पार्टीको चुनाव प्रचारमा मात्रै होइन,
आफ्नै पार्टीका नेता कार्यकर्ता वा आफ्नो मान्छेलाई टिकट दिलाउन नेतृत्वलाई
दवाव दिने माध्यमका रुपमासमेत फेसबुकलाई प्रयोग गर्न थालिएको छ ।
सामाजिक सञ्जाललाई आफ्नो पार्टीको विचार
प्रचारका लागि सकारात्मक प्रयोग हुनु ठीकै भए पनि यसमा अस्वस्थ
प्रतिश्पर्धा देखियो भने कसरी अनुगमन र नियमन गर्ने भन्ने विषयमा निर्वाचन
आयोग र प्रहरी प्रशासनले भने टाउको दुखाइरहेको छ ।
0 comments
Write Down Your Responses