सुन पसलमा पुनः अनुगमन, कारोबार शंकास्पद


१३ असोज, काठमाडौं । आपूर्ति तथा वाणिज्य विभागको टोलीले न्यूरोडस्थित चर्चित गहना पसलमा पुनः बजार अनुगमन गरेको छ । गत असारमा अनुगमनपछि सरकारले केही व्यवसायीविरुद्ध मुद्दा दायर गेको थियो, जसको विरोधमा व्यवसायीले आन्दोलन गरेका थिए । आइतबार अनुगमन टोलीले ५ वटा सुन पसलबाट गहनाहरुको नमूना लिई नाप तौल तथा गुणस्तर विभागमा परीक्षणार्थ पठाएको छ । तोकिएको तौल भए/नभएको, शुद्धता भए/नभएको र रसायन प्रयोगको अवस्था मापदण्डभित्र रहे/नरहेको परीक्षण गर्न नमूना संकलन गरिएको हो । साथै अनुगमन टोलीले पछिल्ला केही दिनका बिलहरु लिएर वाणिज्य विभागमा उपस्थित हुन तीन व्यवसायीलाई निर्देशन दिइएको छ । तराजुमा आशंका लागेपछि केही कम्पनीका तराजु जफत गरी प्रयोगशालामा लगिएको छ । त्यस्तै केही कम्पनीले गुणस्तर चिन्ह प्राप्त नगरे पनि रसिदमा उल्लेख गरेको पाइएको विभागले जनाएको छ । न्यू बराल ज्वेलर्स, सयपत्री मेरीगोल्ड ज्वेलर्स, लक्कि ज्वेलर्स, नटराज ज्वेलर्स र जयमाता दी गोल्ड प्यालेसमा अनुगमन गरिएको विभागले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.