यू-१६ छनोट फुटबल : नेपाल र तुर्केमेनिस्तान भिड्दै


१३ असोज, काठमाडौं । राजधानीमा जारी एएफसी यू-१६ छनोट फुटबलमा नेपाल अहिले तुर्केमिनिस्तानसँग भिडिरहेको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी छ । खेलमा नेपाल जितको खोजीमा हुनेछ । त्यसअघि भएको खेलमा बहराइनले इराकलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बहराइनले आठौं र १४ औं मिनेटमा गोल गर्दै २-० को अग्रता लिएको थियो । तर, ४० औं मिनेटमा इराकले अग्रता २-१ मा झार्‍यो । खेलमा र्फकने प्रयास असफल भइरहेका बेला अतिरित्त समयमा मुस्तफा रातो कार्ड खाँदै इराक हार व्यहोर्न बाध्य भयो । इराकको हारको फाइदा नेपाललाई भएको छ । अब नेपालले तुर्केमिनिस्तानलाई पराजित गर्दै आगामी वर्ष थाइल्याण्डमा हुने फाइनल चरणमा स्थान पक्का गर्नेछ । बहराइनको ६ अंक भएको छ भने इराक र नेपालको समान ४-४ अंक छ । इराक विजयी भएका भए नेपालले फाइनल चरणको टिकट काट्न तुर्केमिनिस्तानलाई ठूलो अन्तरले पराजित गर्नु पर्ने हुन्थ्यो । उपविजेता बनेको अवस्थामा भने १० समूहको उपविजेताको शीर्ष ५ मा परेका देशले फाइनलमा स्थान बनाउने छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.