आफ्नै छोरीको हत्या

रुपन्देहीमा मंगलबार आफ्नै आमाबाबुले बन्चरो प्रहार गरी छोरीको हत्या गरेका छन्। जिल्लाको करौता गाविस ७ चौरीगाँउकी अन्दाजी १९ बर्षीय मञ्जु यादवको आफ्नै आमाबाबु र दाइले बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो।

चौरीगाँउका नरेस यादव, उनकी श्रीमती र छोरा अर्जुन यादवकै मिलेमतोमा घर नजिकैको धान खेतमा छोरीलाइ बन्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इप्रका मर्चवारका प्रहरी निरिक्षक रमेश बहादुर सिंहले बताए।सिंहका अनुसार धान खेतमा बन्चरो प्रहार गरिएको र रगतका टाटा भेटिए पनि मृत्तकको लास भने घरमै फेला परेको थियो। साँझ साढे पाँच बजे प्रहरी घटनास्थल पुग्दा यादवको मृत्यु भइसकेको र साढे चार बजेतीर घटना भएको अनुमान प्रहरीले गरेको छ।

अभियुक्त नरेश यादव र उनकी श्रीमतीलाइ प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको भए पनि छोरा अर्जुन र बुहारी फरार भएका छन्। भारतीय सीमा नाकामा रहेको सो गाँउमा प्रहरी पुगेपछि छिमेकीहरु समेत भागेका थिए।

भारत महाराजगञ्ज स्थित एक गाँउका युवासँग करिब तीन बर्ष अघि विवाह भए पनि गौना गर्नु अगाडी नै अर्का एक युवकसँग प्रेम सम्बन्ध राखेको बहानामा परिवारले उनको हत्या गरेको प्रारम्भिक अनुशन्धानका क्रममा देखिएको प्रहरी निरिक्षक सिंहले बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.